प्रहरी जवान सुरेश कठारियाद्वारा युवतीको वलत्कारपछि हत्या प्रयास

राम्रो अनलाइन     ०८ चैत २०७७, आइतबार

बुटवल : रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानद्वारा युवतीमाथि बलात्कारपछि हत्याको प्रयास भएको खुलेको छ । 

प्रहरीले नवलपरासी जर्गा स्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठारिया (थारु) लाई  घटनामा संलग्न भएको आरोपमा पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको छ ।

पिडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा प्रहरीले कठारियालाई पक्राउ गरेको थियो । कानुन बमोजिम जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी परेको र जाहेरीकै आधारमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरिक्षक  प्रतित सिंह राठौरले जाकारी दिए । उनका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षिया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

पिडित युवतीको परिवारका अनुसार शनिबार बिहान करिब ५ बजेको समयमा थारुले युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए । ‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जँगलमा फ्याकिएको रहेछ, वेहोस भइसकेपछि थारुले मर्यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो । पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडीरहेको देखेपछि स्थानीयले उद्दार गरे ।’

घटना बारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका हुन् । पीडित युवतीलाई रुपन्देहीकै  एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
 

प्रतिक्रिया