भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ

राम्रो अनलाइन     १० माघ २०८०, बुधबार
भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ

 काठमाडौँ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ। 

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।

उनीहरू विरूद्ध छुट्टाछुट्टै भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता छन्।  उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । 

पक्राउ परेका उनीहरूलाई भोली विशेष अदालतमा उपस्थित गराइने छ ।

प्रतिक्रिया