लकडाउनको समयमा मेरा थुप्रै साथीले आफूलाई पोर्नोग्राफी हेर्ने बानी लागेको बताएका छन्। म पनि कहिलेकाहीँ हेर्छु। यसको खराब लत लाग्न नदिन के गर्नुपर्ला ?
आर, ललितपुर
नेपालमा लकडाउन कायम गरेको पनि तीन हप्ता नाघिसकेको छ। समय फुर्सदिलो भएपनि विश्वव्यापी कोरोनाको महामारीले गर्दा मानिसहरू मानसिक रूपमा अदृश्य दबाबमा छन्। यस्तो परिस्थितिमा घरभित्रै मन बहलाउन टीभी, इन्टरनेटबाट मनोरञ्जनका विभिन्न उपायको खोजीमा छन्। टेलिभिजनमा यत्रतत्र कोरोनाकै प्रसंगले झन् तनाव सिर्जना हुन्छ भने टेलिसिरियल र फिल्म हेर्दाहेर्दै वाक्कदिक्क भएका मानिस अब पोर्नोग्राफीतिर आकर्षित भइरहेका छन्।त्यसैले केही हप्तामा विश्वभरिमै पोर्नोग्राफी सर्च गर्नेको संख्यामा उल्लेख बढोत्तरी भएको देखिन्छ।
तर, गुलियो पनि धेरै खाएपछि तीतो हुन्छ भनेजस्तैपोर्नोको सर्च गर्नेमध्ये केवल एक प्रतिशतमा लत लाग्ने सम्भावना हुन्छ। त्यसो त विभिन्न परिस्थितिबाट उम्केर, बचेर पोर्नोग्राफी एक्सप्लोर गर्नुपर्ने हुनाले घरपरिवारको माहौलमा जोखिम नै छ। तर, रमाइलो पक्ष त पोर्नोको लत लागेकामध्ये करिब ३८ प्रतिशत विवाहित नै हुने गरेका छन्। सामाजिक परिवेश वा धार्मिक मूल्य–मान्यताअनुरूप विभिन्न देशमा पोर्नोग्राफीलाई फरक–फरक तरिकाले लिने गरिएको छ। शैक्षिक स्थिति, आर्थिक स्थिति, जाति विशेषका कारण पोर्नोग्राफी हेर्ने बानीमा खासै भिन्नता छैन।
यौनको मामिलामा कति सीमासम्म सामान्य (श्लील) वा कुन सीमारेखापछि लत (खराब बानी) हो भन्ने विवाद बेला–बेलामा हुने गरेको छ। यौनिक दृष्टिले सञ्चारमाध्यमका विभिन्न साधनमार्पmत यौन उत्तेजना बढाउने गरी गरिएको प्रस्तुतिलाई पोर्नोग्राफीका रूपमा लिइन्छ। यस क्रममा छापा, मूर्तिकला, चित्र, बुट्टा, फोटो, फिल्ममार्फत यौनिक हाउभाउ र मानव शरीर (आंशिक वा पूर्ण नग्न) प्रस्तुत गरिन्छ।
ग्रिक भाषामा पोर्नोग्राफीले वेश्यासम्बन्धी लेखलाई इंगित गर्छ। यौन आनन्द प्राप्त गर्ने विभिन्न इन्द्रियगत माध्यममध्ये स्पर्श (घर्षण) पछि सायद दृश्यले बढ्ता भूमिका निर्वाह गर्छ। त्यसैले मानिस विपरीतलिंगीको नांगो शरीर हेर्न, लुकीछिपी नै भएपनि नुहाइरहेको दृश्य हेर्न र यौनक्रियाकलापलगायत हाउभाउ हेर्न लालायित हुने गरेको छ। तुलनात्मक रूपमा पुरुषले यस्तो व्यवहार बढी गरेको जस्तो लागे पनि मौका मिलेको खण्डमा महिला पनि पछि चाहिँ पर्दैनन्।
कुन सामग्रीलाई अश्लील मान्ने र कतिसम्मलाई श्लील मान्ने सदा विवादको विषय बन्दै आएको छ। नेपाललगायत विश्वका विभिन्न देशमा मन्दिर, धार्मिक तथा सांस्कृतिक संरचनामा यौनिक क्रियाकलापका दृश्य राखिएका छन्। परापूर्वकालमा र पौराणिक ग्रन्थमा पनि यौनको चर्चा हुने गथ्र्याे। देवीदेवतामाझ पनि यौनिक क्रियाकलापका विभिन्न घटना छन्। नेपालमै पनि विभिन्न कालखण्डमा यौनिक चर्चा, परिचर्चा भएका इतिहास एवं साहित्य छन्। उच्च प्रविधि र विज्ञानका कारण आजकल जीवन्त खालका सामग्री सहजै उपलब्ध हुन थालेको छ।
यौन स्वास्थ्यमा पोर्नोग्राफीको उपयोगका सकारात्मक र नकारात्मक पक्ष दुवै छन्। यौन आनन्द प्राप्त गर्ने एउटा सशक्त विकल्प यसले यौन उत्तेजना जगाउन मद्दत गर्छ। धेरैजसोले पोर्नोग्राफी उपयोगलगत्तै हस्तमैथुन गरी आफ्नो यौन भोक शान्त पारेपनि यसको खराब लतले उत्पन्न यौन तनावको व्यवस्थापन भएन भने यौन दुव्र्यवहार, बलात्कार, यौन हिंसा गर्न पनि बेर लाग्दैन। अन्य विकल्पको दाँजोमा पोर्नोग्राफीले नकारात्मक असर नै पुर्याउँछ। धेरैजसो यौन अपराधीले सानैदेखि वा बढ्ता पोर्नोग्राफी हेर्ने गरेको पाइयो।
पोर्नोग्राफी शतप्रतिशत नै हानिकारक छ भन्ने होइन। कहिलेकाहीँ यस्तो यौन सामग्रीको उपयोग गर्नु गम्भीर गल्ती होइन। यसलाई अपराधसरह त कदापि मान्नु हुँदैन। दम्पतीबीच विभिन्न कारणले यौन चाहनाको कमी छ, पुरुष पार्टनरमा लिंग उत्तेजनामा समस्या छ, कति आसनको जानकारी छैन भने त्यस्तो परिस्थितिमा यो उपयोगी हुन सक्छ। त्यसैगरी, निःसन्तानसमस्या भएका दम्पतीमा स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्य संस्थाको वीर्य संकलन कोठामा पनि यस्तै पोर्नोग्राफिकसामग्री राखिएका हुन्छन्। यसरी स्वस्थ तरिकाले पोर्नोको उपयोग गर्नु बुद्धिमानी हुन्छ। हस्तमैथुनको बानीमा जस्तै पोर्नोग्राफीको उपयोगलाई खराब लतकै रूपमा विकसित हुन नदिन आत्मनियन्त्रण जरुरी छ। आफूमा पोर्नोको खराब लत लागेको आभास भएमा कति पनि नहिचकिचाईकन यौन परामर्श लिनु राम्रो हुन्छ।
सूचना प्रविधिमा भएको प्रगतिअनुसार वर्तमान समयमा जीवन्त एवं चलायमान यौन सामग्रीका कारण अन्य यौनसम्बन्धी खराब लतभन्दा पोर्नोग्राफीको लत छुटाउन तुलनात्मक रूपमा गाह्रो हुने गरेको पाइयो। र, पोर्नोग्राफीकै कारण व्यक्ति विशेषले आफ्नो यौनांगर यौन क्षमता (यौन सम्पर्क अवधि, आकार सानो वा बांगो, शीघ्र स्खलन) तथा यौन साथीको सहयोग (विविध आसनलगायत) मा खोट लगाउने गरेको पाइयो।
त्यसो त पोर्नोको लत कम गर्न नसक्ने होइन। लकडाउनकै समयमा घरमा एकान्त वातावरणको स्थिति आएमा बार्दली वा छतमा जान सकिन्छ, लेखपढ गर्न सकिन्छ। नेटजडित डेस्कटप परिवारका सदस्य ओहोरदोहोर गरिराख्ने ठाउँमा राख्ने गर्नुपर्छ। बेला–बेलामा छोराछोरीको अथवा छोराछोरीले अभिभावकको मोबाइल क्रसचेक गर्नुपर्छ। यो मामिलामा फोन लक गर्ने बानीप्रति सजग हुनुपर्छ।वयस्क हुँदै गरेका छोराछोरीलाई मोबाइल दिने गरेको छ वा नेट जडान गरिदिएको छ भने बेलुका निश्चित समयमा अभिभावकको रुममा मोबाइल राख्न ल्याउन लगाउने वा नेटको लाइन राति बन्द गरिदिने नियम बनाइराख्नुपर्छ।धेरै हेर्ने बानी परेका अविवाहितले आफूमा पोर्नो हेर्ने सोच आउनेबित्तिकै एकसरो हस्तमैथुन गरेमा र विवाहितले सेक्स गरेमा पोर्नो हेर्ने बानी र अवधिमा कमी आउने कुरा कतिपय अध्ययनले देखाएका छन्।