१) पुरुषले प्रत्येक सात सेकेण्डमा यौनबारे सोच्छन् भन्ने भ्रम
यो ७० को दशकमा अमेरिका गरिएको एक अध्यायनको रिर्पोटमा आधारित भएर गरिने कुरा हो । यो सबै ठाउँमा मान्य पनि छैन । त्यसपछि यो अनुसन्धानलाई थप पुष्टि गर्ने अन्य अनुसन्धान पनि भएका छैनन् । यो अतिरञ्जना हो । यौनलाई धेरै कुराले असर गर्ने भएकाले काममा भएका बेला, महत्वपूर्ण काम फत्ते गर्नुपर्ने बेला वा सानो चिन्ता हुँदा पनि सेक्समा ध्यान जाँदैन ।
२) धेरै पोर्नोग्राफी हेर्नाले लत लाग्छ
पोर्नोग्राफी हेर्दैमा लत नै लाग्छ भन्ने होइन । कसैकसैलाई प्राकृतिक सेक्समा भन्दा पोर्नोग्राफी हेरेर चरम आनन्द प्राप्त हुने समस्या हुन्छ । यो एक प्रकारको मानसिक रोग हो ।
३) महिलाहरू यौनका मामिलामा कम रुचि दिन्छन्
यो पनि समाज कस्तो छ रु यौनका बारेमा कति खुल्ला छ भन्नेमा भर पर्छ । महिलाहरूमा यौनका बारेमा रुचि हुँदैन वा कम हुन्छ भन्नु मुर्खतापूर्ण कुरा हो । सामाजिक तथा सांस्कृतिक परिवेश अनुसार कुन स्तरमा चासो दिन्छन् भन्ने मात्र हो । महिलाहरू सेक्सको मामिलामा ‘स्लो स्ट्राट’ हुने मात्र हुन् । केटामा यौन चाहना छिटो सुरु हुने भएकाले उनीहरूले बढी चासो दिएको जस्तो देखिन्छ । सेक्स चाहनामा महिला भनेका भुसको आगो हुन । विस्तारै सल्किने र पछिसम्म रहिरहने । त्यसैले महिलाहरू यौनका बारेमा कम रुचि राख्छन् भन्ने होइन ।
४) साना स्तन भएका स्त्रीसँग सेक्स गर्दा सन्तुष्टि हुँदैन
स्तनको आकार र सेक्स सन्तुष्टिको कुनै सम्बन्ध हुँदैन । यो पुरुषका दृष्टिमा महिलामा रहेको महत्वपूर्ण ‘सेक्सुअल पार्ट’ त हो । तर, यसको साइजले यौन सन्तुष्टिमा कुनै भूमिका खेल्दैन । पुरुषका आँखा ठोकिने र समाजले बनाएको महिला सौन्दर्यको विभिन्न मानक मध्ये स्तनको साइज पनि पर्ने भएकाले यसको आकारलाई लिएर विभिन्न धारणा बनाएको पाइन्छ । स्तन साना भएका महिला कामुक हुँदैनन् भन्ने होइन । ठूला स्तन भएका महिला बढी कामुक हुन्छन् भन्ने पनि होइन । यो पुरुषलाई आकर्षण गर्ने ‘प्वाइन्ट’ भने पक्कै हो । हृष्टपुष्ट स्तन ‘साइन अफ हेल्थीनेस’ हो । स्तनको निप्पल संवेदनशील प्वाइन्ट हो । जसको भूमिका यौन उत्तेजनासँग जोडिए पनि बोसो र ग्ल्याण्डहरूले बनेको स्तनको डल्लो सानो र ठूलो हुनुले यौन सन्तुष्टिमा कुनै असर गर्दैन । कसैलाई साना स्तन मन पर्छ भने कोही ठूला स्तन मन पराउँछन् । यो व्यक्तिको हेराइमा भर पर्ने कुरा हो ।
५) मोटी महिलासँग सेक्स गर्दा मजा आउँदैन भन्ने भ्रम
कतिपय देश तथा समाजमा मोटी महिला नै सुन्दर मानिन्छन् । उनीहरू नै कामुक मानिन्छन् । मेक्सिको तथा अफ्रिकन देशमा मोटी महिला नै सुन्दर मानिन्छन् । प्रायः आदिवासीहरूमा मोटी महिला नै सुन्दर सेक्सी मानिन्छन् । पातली तथा जिरो फिगर भएकी महिला सुन्दर र उनीहरूसँग सेक्स गर्दा बढी मजा आउँछ भन्ने भ्रम फैलाउनेहरू पश्चिमा देशहरू हुन । ‘स्लिम इज ब्युटीफुल’ भन्ने मान्यता पश्चिमा देशहरूले स्थापित गराएका हुन । फिल्म तथा विभिन्न सौन्दर्य प्रतियोगताहरूमा महिलाको ‘फिगर साइज’का आधारमा जज गरिने गरिएका कारण पातली सेक्सी हुने भ्रम धेरैमा पर्न गएको छ । यो जिरो फिगरको अवधारणाले दिएको भ्रम हो । छिमेकी देश भारतमा मुम्बइ बेस भएर काम गर्ने हिरोइनहरू जिरो फिगर हुने पर्ने तर साउथ इण्डियाका हिरोइन मोटी हुँदा सेक्सी मानिन् गरिन्छ । यसबाट के बुझिन्छ भने यो बजार र मिडियाले बनाएको भ्रम मात्र हो । मोटो र पातलो शरीरका कारण सेक्स गर्दा कम र बढी मजा आउने भन्ने हुँदैन ।
६) ठूलो लिंगले धेरै यौन सन्तुष्टि दिन्छ
लिंगको साइज ठूलो हुँदा धेरै यौन सन्तुष्टि हुन्छ भन्ने भ्रममात्र हो । यो फेन्टासीमा जाने विषयमात्र हो । चरम यौन सन्तुष्टिका लागि मानसिक पक्षको भूमिका महत्वपूर्ण हुन्छ । घरमा भात खाए पनि पेट त भरिन्छ नै । तर कहिले कहीँ फाइभ स्टरमा भात खाँदा आज ठूलो होटलमा भात खाइयो भनेर मख्ख परेजस्तै हो । ठूलो लिंग भएकाले धेरै यौन सन्तुष्टि हुन्छ भन्ने कुरा ।
लिंगको साइज ठूलो हुँदा धेरै यौन सन्तुष्टि हुन्छ भन्ने भ्रममात्र हो । यो फेन्टासीमा जाने विषयमात्र हो । चरम यौन सन्तुष्टिका लागि मानसिक पक्षको भूमिका महत्वपूर्ण हुन्छ । घरमा भात खाए पनि पेट त भरिन्छ नै । तर कहिले कहीँ फाइभ स्टरमा भात खाँदा आज ठूलो होटलमा भात खाइयो भनेर मख्ख परेजस्तै हो । ठूलो लिंग भएकाले धेरै यौन सन्तुष्टि हुन्छ भन्ने कुरा ।
७) रक्सी सेवनपछि सेक्स अवधि लामो हुन्छ
यो एकदमै गलत धारणा हो । थोरै रक्सी सेवनले हेजिटेसन र लाज हटाउन मद्दत गरेपनि रक्सी सेवन गरेको मानिसले सेक्स गर्न सक्दैन । धेरै रक्सी सेवन गरेपछि लिंग उत्तेजित नै हुँदैन । रक्सीले सेक्स सुरुवात गर्न मद्दत गरेपनि परफरमेन्स भने बिगार्छ । महिलाले रक्सी सेवन गरेर सेक्स गर्दा उसलाई कुनै फिलिङ्स नै हुँदैन ।
८) लागु औषध सेवनपछिको सेक्स अविष्मरणीय हुन्छ भन्ने भ्रम
हामी सन्तुष्ट हुँदा प्राप्त हुने आनन्द (प्लेजर) मा मस्तिष्कमा उत्पादन हुने अफिम जस्तै विशेष प्रकारको रसायनको महत्वपूर्ण भूमिका हुन्छ । प्लेजर अनुभव हुँदा मस्तिष्कमा अफिम नै तत्व निस्कन्छ । जसले गर्दा हामीले आनन्दको महशुस गर्छौं । यस्तै तत्व बाहिरबाट दिँदा आनन्द प्राप्त हुने कुरा साँचो भएपनि यसले सेक्सलाई अविष्मरणीय चाहीँ बनाउँदैन । शरीरमा पीडा महशुस हुँदा पनि मस्तिष्कमा अफिम तत्व उत्पादन हुन्छ । अफिम सेवन गरेर हलो जोत्न गएपनि आनन्द नै प्राप्त हुन्छ । भारतको पञ्जाब तथा हरियाणा राज्यमा कृषि क्षेत्रमा काम गर्ने मजदुरहरूलाई चियाको सट्टा अफिमको झोल खान दिएर काम लगाउने गरिन्छ । प्लेजरका लागि अफिम जस्ता लागु औषधको भूमिका भएपनि लागु औषध खाएर सेक्स गर्दा अविष्मरणीय हुन्छ भन्नु चाहीँ भ्रममात्र हो ।
९) भायग्राले यौनशक्ति बढाउँछ भन्ने भ्रम
भायग्राले यौनशक्ति बढाउँछ भन्ने ठूलो भ्रम फैलाइएको छ । यसमा भायग्रा उत्पादन गर्ने कम्पनी र भायग्राका बारेमा सामान्य तथ्यपनि नबुझी यसको बारेमा लेख्ने तथा प्रकाशन एव्म प्रसारण गर्ने सञ्चारकर्मी तथा मिडियाको पनि मुख्य भूमिका देखिन्छ । यौनशक्ति बढाउने औषधि भनेर मिडियामा प्रचारप्रसार भएपछि सर्वसाधारणमा विश्वास हुने नै भयो । यौन इच्छा नै नहुने व्यक्तिलाई भायग्रा खाने दिएर मात्र उसको यौन इच्छा बढ्दैन । यौन इच्छा भएको तर लिंग पूर्णरुपमा उत्तेजित नहुने व्यक्तिहरू जसलाई ब्लेड प्रेसर, सुगर लगायत रक्तसञ्चार सम्बन्धी अन्य रोग छैन भने विशेषज्ञ चिकित्सको निगरानीमा भायग्रा सेवन गर्न सक्छन् । यसले लिंग कडा बनाउन मद्दत गरेपनि यौन इच्छा जगाउने काम भने गर्दैन ।
लिगंमा हुने नसाहरूमा रक्तसञ्चार भएपछि जब नसा खुम्चिँछ त्यसपछि लिंग कडा हुन्छ । यसरी नसा नखुम्चने अवस्थामा भायग्रा सेवन गर्दा यसले नसामा संकुचन ल्याउने र लिंग कडा बनाउन मद्दत गर्छ । पानी बगिरहेको कुनै नरम पाइपको मुखमा च्याप्प समाएपछि जसरी पानी पछाडि फर्केर पाइप डोलो र मोटो देखिन्छ त्यसैगरी नै रक्त सञ्चार भइरहेको लिंगको नसामा संकुचन हुँदा लिंग उत्तेजित हुन्छ । ब्लड प्रेसर हुनेहरूले यो कदापी सेवन गर्नुहुँदैन । भायग्रा खाएर उत्तेजित भएको लिंग कहिले काहीँ शिथिल नै हुँदैन । जसलाई मेडिकल भाषामा ‘पेनफुल इरेक्सन’ भनिन्छ । टिनएजका युवाहरू भायग्रा खाएर कतिपय अवस्थामा यस्तै ‘पेनफुल इरेक्सन’को समस्या लिएर अस्पतालको इमरजेन्सीमा आइपुग्ने गरेका छन् । बेलैमा उपचार गर्न सकिएन भने यस्तो समस्याले लिंग नै काम नलाग्ने हुन्छ । धेरै समय लिंग उत्तेजित भइरह्यो भने अपरेसन गरेर ब्लक भएको रगत निकाल्नु पर्ने हुन्छ । त्यसैले भायग्रा खाएमा यौन चाहना बढ्छ भनेर कसैले भ्रम पालेको छ भने त्यो तुरुन्त हटाउँदा नै राम्रो हुन्छ ।