जनकपुरधाम । महोतरी प्रहरीले वेपत्ता झा दम्पतीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेमा ४ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा पिपरा गाउंपालिका ५ सहोडवाका रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र यादव र भारतीय नागरिक बिहार राज्यको मधुबनी जिल्ला तरैया ग्राम पंचायतका हरेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ ।
आइतबार प्रहीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । सीआइबीले अनुसन्धान थालेको २ दिनमै चार जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरिएको हो ।
झा दम्पति अवस्था वा उनीहरू जीवित रहे नरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको र अवस्था अज्ञातै रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।
अभियुक्तहरूको घटना संलग्नताबारे एसपी आचार्यले अभियुक्त मध्येका रामबाबुसंग झा दम्पतिबीच जग्गासम्बन्धी विवादले पटक पटक झगडा भएको र घटनास्थलमा वेपत्ता दम्पतिको कोठादेखि रामबाबुको घरसम्म र उनको घरको गेटमा रगतको छिटा देखिएको ताए ।
घटना अनुसन्धानको क्रममा वेपत्ता मुसाफिर झा विवादित जग्गामा साक्षी बसेको कारण रामबाबुसँग पटक पटक झगडा परेको देखिएको उनले बताए ।
गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतीरहेको अवस्थामा ओछ्यान सहितै वेपत्ता पारिएको थियो । अभियुक्तहरूको पोलिग्राफ परीक्षण गर्दा निगेटिभ आएको र पोलिग्राफ रिर्पोटपछि उनीहरूले आरोप स्वीकार गरिसकेको एसपी आचार्यले बताए ।