बालकबाट किशोर अवस्थामा पुग्दा युवामा आउन सक्ने यौनजन्य खुलदुली विभिन्न हुन्छन् । ती खुलदुलीलाई उचित तरिकाले सम्बोधन गरिएन भने समस्या निम्तिन बेर लाग्दैन । यी यौन खुलदुलीका लागि कोस“ग परामर्श लिने ? जानकारी नहुन सक्छ । यस्तो परिस्थितिमा तल दिइएको जानकारी काम लाग्न सक्छः
हस्तमैथुन
आफ्नो यौनांग चलाई यौन आनन्द लिने क्रियालाई हस्तमैथुन भनिन्छ । हातको प्रयोग गरिए पनि यसका लागि विभिन्न वस्तु वा खेलौना (सेक्स टोय) पनि प्रयोग गर्ने गरिएको छ । केटाहरूले चाँडै र सजिलै सिक्ने भएकाले नेपालमा पनि किशोरहरूले बढी हस्तमैथुन गर्ने गरिएको छ । विश्व मानचित्रमा ९० प्रतिशत पुरुष र ६० प्रतिशत महिलाले हस्त मैथुन गर्ने गरेको छ ।
हस्तमैथुन गर्नाले मुखमा दाग आउने, आँखा कमजोर हुने, दुब्लाउने, नपुंसक हुने, शीघ्र पतन हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्ने भ्रम युवाहरूमा पाइन्छन् । हस्तमैथुन यति नै पटक गर्न मिल्छ भन्ने पनि छैन । यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्छ । हस्तमैथुन प्राकृतिक कुरा हो । यसलाई पाप कर्म मान्नु हु“दैन । निश्चित सीमाभित्र रहेर हस्तमैथुन गरेमा यसले यौन अपराध, अनावश्यक गर्भधारण, यौनरोग र एड्स संक्रमण घटाउन सघाउ“छ । तर, पटक–पटकको हस्त मैथुनले हीनताबोध वा दोषीपनले मानसिक समस्यालाई चाहिँ निम्त्याउन सक्छ । हस्तमैथुन गर्ने बानी घटाउन योग गर्न सकिन्छ, सिर्जनशील काम गर्नुपर्छ र खेलकुदमा सहभागी हुने गर्नुपर्छ । यौन उत्तेजना बढाउने साहित्य, पत्रपत्रिका नपढ्ने, एकान्त ठाउँमा बस्ने गर्नु हु“दैन ।
शीघ्र स्खलन
शीघ्र स्खलनको समस्या प्रायःले अनुभव गरेका हुन्छन् । चा“डै वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो । त्यसैले यसलाई परिभाषित गर्न गाह्रो छ । स्वस्थ व्यक्तिको वीर्य स्खलन तीन मिनेटमा हुन्छ भने शीघ्र स्खलन भएको ठान्ने व्यक्तिले साढे दुई मिनेटमा वीर्य स्खलन हुँदा पनि सिकायत गर्न थाल्छन् । तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ । त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्दछ । कतिपयले भने वीर्य स्खलनअगाडि आउने रसलाई वीर्य ठान्ने र यौन फिल्ममा देखाइएको लामो यौन कार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र स्खलन भएको शंका गर्छन् ।
शीघ्र स्खलन नियन्त्रण सम्भव छ । यौन सम्पर्कको क्रममा वीर्य स्खलन होला जस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि फेरि चालू गर्ने, पार्टनरको शरीरमा ध्यान नदिने, यौनक्रीडा रोकेर ध्यान अर्कैतर्पm मोड्ने, महिलामाथि बसेर यौनक्रीडा गरेमा स्खलन ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा पार्टनरलाई गति धिमा गर्न संकेत गर्ने, स्खलन होला जस्तो भयो भने लिंगको फेदमा अ“ठ्याउने, अण्डकोष र मलद्वार बीचको वीर्य नली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्ने गरेमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्छ । यसबाहेक लिंग वरिपरिको मांसपेशीको कसरत, हस्तमैथुन गर्दागर्दै वीर्य स्खलन रोक्ने अभ्यासले पनि शीघ्र स्खलन घटाउन सकिन्छ । यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग र समझदारीको आवश्यकता पर्दछ ।
लिंगको आकार र कन्डमको कुरा
पुरुषको लिंगको आकार सानो÷ठूलो वा बांगो भए पनि यौन सुख पाउने मामिलामा फरक हुने होइन । ठूलोले बढी यौन सुख दिने पनि होइन । त्यसै गरी सही तरिकाले लगाएमा पुरुष कन्डम ९८ प्रतिशत र महिला कन्डम ८५ प्रतिशत भरपर्दो हुन्छ । एचआईभी तथा यौन संक्रमणबाट बचाउने कन्डम गर्भनिरोधका लागि पनि प्रभावकारी हुन्छ । यौन सम्पर्क गर्दा मात्र प्रयोग गरे पुग्ने कन्डम धेरै आकार र रङमा सजिलै उपलब्ध छन् । तर, कसैकसैले अवरोध महसुस गर्ने, गलत तरिकाले प्रयोग गरेमा खुस्किने वा फुट्ने एवं ल्याटेक्स एलर्जी हुने हुन्छ ।