अभिनेत्री भावना गुरुङले खरिद गरिन् नयाँ गाडी

राम्रो अनलाइन     १५ कात्तिक २०८३, आइतबार
अभिनेत्री भावना गुरुङले खरिद गरिन् नयाँ गाडी

अभिनेत्री भावना गुरुङले हुण्डाई कम्पनीको नयाँ गाडी खरिद गरेकी छिन् । यस अघि होण्डा कम्पनीको रातो रङको कार चढ्दै आएकी उनले अहिले ६० लाख पर्ने हुण्डाईको सेतो रङको गाडी खरिद गरेकी हुन् । 

भावनाले र्‍याम्प  वाकमार्फत मोडलिङमा प्रवेश गरेकी हुन् । र्‍याम्प  वाकसम्बन्धी आधारभूत तालिम भर्खरै सकिएको थियो,’ उनी भन्छिन्, ‘त्यही बेला एउटा सोमा र्‍याम्प  वाक गर्ने अफर आयो । सोमा मेरो आत्मविश्वास देखेर सबैले मोडलिङमा केही गर्न सक्छौ भनेर हौसला दिए । त्यसपछि यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो ।’ डान्स र अभिनय क्लास लिएकी उनी कोरियोग्राफी पनि गर्छिन् । दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी उनले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । उनले गुरुङ भाषाको फिल्म ‘भुली गए पाप लाग्ला’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । उनको डेब्यू नेपाली फिल्म चाहिँ ‘स्वर्ग मेरो गाउँ’ हो । 

आफ्नो ‘स्ट्याटस मेन्टेन’ गरेर राख्न सक्दा फिल्म लाइनमा सम्मान पाउन सकिने उनी बताउँछिन् । आयआर्जनका लागि आफ्नै व्यवसाय हुँदा मोडलिङ तथा फिल्ममा लाग्न सहज हुने उनी बताउँछिन् । ‘सुरुवातमा नयाँ मोडल तथा कलाकारलाई कम पारिश्रमिक दिने र कतिपयले फ्रीमा पनि काम गराउने गर्छन्,’ उनी भन्छिन्, ‘आफ्नो जीवन चलाउन पुग्ने व्यवसाय गर्दा मोडलिङ तथा फिल्ममा काम गर्न सजिलो हुन्छ ।’ उनी भन्छिन् । 

प्रतिक्रिया