साहित्यकार डा वानीरा गिरिको निधन

राम्रो अनलाइन     १० जेठ २०७८, सोमबार
साहित्यकार डा वानीरा गिरिको निधन

काठमाडौँ, १० जेठ : साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उन्ी मधुमेह र  अल्जाइमर रोगबाट पनि पीडित थिइन् । 

त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा  रथारोहण गराइनाका साथै रु  पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब  रु  सात करोड बराबर छ  ।     

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध भइन् । नेपाली भाषासाहित्यमा विद्यावारिधि (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) उनी पहिलो नारी हुन् । 

डा गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईंद्वारा डा वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ (२०७०) प्रकाशन भयो भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद (२०७८) गरेका छन् । 

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् ।  डा गिरिका पति, एक छोरा र एक छोरी छन् ।  फाउण्डेशनले गिरिजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । 

प्रतिक्रिया