विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन

राम्रो अनलाइन     ०९ कात्तिक २०८३, सोमबार
विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन

काठमाडौं–सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ ।

उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार २५० सिट रहेको सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा धेरै सिट जितेको छ । बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी ९एसएनएस० गठबन्धन १०५ सिटमा सीमित भएको छ ।

निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको थियो, जुन सन् २००० मा युगोस्लाभियाको विघटनपछिकै सर्वाधिक उच्च मतदाता सहभागिता हो ।

नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेड र नोभी सादलगायत प्रमुख सहरहरूमा हजारौँ युवा तथा नागरिकहरूले विजयोत्सव मनाइरहेका छन् । उनीहरुले ‘आलेक्जान्दर ढल्यो १’ ९आलेक्जान्दर इज गन १० र सन् २००० मा स्लोबोदान मिलोसेभिचको पतन हुँदा घन्किएको ऐतिहासिक नारा ‘उनी सकिए १’ ९हिज फिनिस्ड १० पुनस् दोहोर्‍याइरहेका छन् ।

यो ऐतिहासिक राजनीतिक परिवर्तनको जग नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट क्यानोपी भत्किँदा १६ जनाको ज्यान गएको भयानक दुर्घटनापछि बसेको थियो । उक्त दुर्घटनाको मुख्य कारण सरकारी भ्रष्टाचार, कमिसनतन्त्र र गुणस्तरहीन निर्माण कार्य भएको भन्दै देशभरका विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए ।

सुरुमा भ्रष्टाचार र जवाफदेहिताका लागि सुरु भएको सडक आन्दोलन पछि गएर पूर्ण राजनीतिक आन्दोलन र चुनावी मोर्चामा रूपान्तरण भयो ।

‘स्टुडेन्ट लिस्ट’ले कुनै परम्परागत राजनीतिक नेतालाई अगाडि सारेन । विद्यार्थी नेताहरूले मुटुरोग विशेषज्ञ डा। इलिया स्रदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी र कृषकहरू सम्मिलित समावेशी उम्मेदवार सूची तयार पारेका थिए । ती अधिकांश उम्मेदवारहरु विजयी भएका छन् ।

विजय घोषणा भएपछि बोल्दै ‘स्टुडेन्ट लिस्ट’का प्रमुख उम्मेदवार डा। इलिया स्रदानोभिचले भने, ‘आज राति जनताको आवाज सुनिएको छ । भोलिदेखि हामी कानुनी राज्य र लोकतन्त्रको पुनरुत्थानका लागि काम सुरु गर्नेछौँ । यदि दृढ इच्छाशक्ति छ भने परिवर्तन सम्भव छ भन्ने हामीले प्रमाणित गरेका छौँ । अब हामी सबैले सत्य, आवाज र भविष्य पाउने देशको निर्माण गर्नेछौँ ।’

ट्रम्प परिवारसँगको सम्बन्ध र अमेरिकी भूराजनीतिमा प्रभाव

आलेक्जान्दर बुचिचको पतनले अमेरिका र युरोपबीचको भूराजनीतिक सन्तुलनमा नयाँ तरङ्ग पैदा गरेको छ ।

बुचिचले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर र पूर्व विशेष दूत रिचर्ड ग्रेनेलसँग नजिकको सम्बन्ध बनाएका थिए। ट्रम्पका ज्वाइँ जेरेड कुश्नरको कम्पनीले बेलग्रेडमा रहेको पुरानो रक्षा मन्त्रालयको भवनलाई लक्जरी होटल र आवासीय क्षेत्रमा रूपान्तरण गर्ने अर्बौँ डलरको आयोजना अगाडि बढाएपछि ठूलो विवाद सिर्जना भएको थियो ।

बुचिचले रुस, चीन र अमेरिका बीच रणनीतिक सन्तुलन कायम गर्दै आएका थिए । तर, युरोपेली युनियनतर्फ बढी झुकाव राख्ने युवा पुस्ताको जितले सर्बियालाई रुसी प्रभावबाट टाढा लगेर युरोपेली प्रजातान्त्रिक ढाँचामा थप नजिक ल्याउने अनुमान गरिएको छ ।

अबको राजनीतिक बाटो

संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याएसँगै ‘स्टुडेन्ट लिस्ट’ले नयाँ प्रधानमन्त्री चयन गरी नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।

यसका साथै, आगामी डिसेम्बर महिनामा सर्बियामा नयाँ राष्ट्रपति चयनका लागि छुट्टै निर्वाचन हुनेछ । बुचिचले प्रधानमन्त्री बन्ने उद्देश्यका साथ गत महिना राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

तर, संसदीय चुनावमै लज्जास्पद हार व्यहोरेपछि उनको राजनीतिक भविष्यमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ । युरोपभर युवाहरूमाझ बढ्दै गएको सरकारविरोधी र भ्रष्टाचारविरोधी लहरका रूपमा यस ऐतिहासिक जितलाई हेरिएको छ ।

प्रतिक्रिया