काठमाडौं – विभिन्न विधामा कलम चलाउँदै आएका लेखक बालकृष्ण गजुरेलको उपन्यास ‘मञ्जरा’ सार्वजनिक भएको छ ।
शनिबार सिन्धुपाल्चोकमा लेखकका पिता दुर्गाप्रसाद गजुरेलले उपन्यास सार्वजनिक गरे । प्रेम तथा रोमाञ्चमा आधारित यस उपन्यासमा महिला पात्रको वर्चस्वका साथै महिला सशक्तीकरणमा जोड दिइएको लेखक गजुरेलले बताएका छन् ।
उपन्यास बुकान्त पब्लिकेसन, सिलिगुढीले प्रकाशित गरेको हो ।