प्रतिनिधि सभा सदस्यहरूको आज पीसीआर परीक्षण गरिने

राम्रो अनलाइन     २२ वैशाख २०७८, बुधबार
प्रतिनिधि सभा सदस्यहरूको आज पीसीआर परीक्षण गरिने

काठमाडौंँ । संघीय संसद सचिवालयले आज प्रतिनिधि सभाका सांसदहरूको पीसीआर परीक्षण गर्ने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरूको पीसीआर परीक्षण गर्न लागिएको हो ।

जसअनुसार संघीय संसद सचिवालयले सांसदहरूलाई उपस्थित हुन भनेको छ। संसद बैठक चल्ने भएपछि त्यसअघि नै सांसदहरूको पीसीआर गर्न लागिएको हो।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण गर्न लागिएको हो।

यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्र्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण पनि गर्ने तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन बोलाइएको हो।

प्रतिक्रिया