सरकारको सहयोग कांग्रेस नेता जोशीको परिवारले नलिने

राम्रो अनलाइन     ०८ चैत २०७७, आइतबार
सरकारको सहयोग कांग्रेस नेता जोशीको परिवारले नलिने

काठमाडौँ  : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने भएको छ । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नविन्द्रका दाजु राजुराज जोशीले परिवारले सरकारले दिने भनेको सहयोग नलिने घोषणा गरेको बताए ।

जोशीको परिवारले जोशीलाई दिने भनेको सहयोग दिनदुःखीलाई दिन पनि भनेको दाजु राजुराजले बताए ।  

सरकारले गत बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भनेको थियो ।

जोशीको गत फागुन १४ गतेबाट थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । 

प्रतिक्रिया