कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

राम्रो अनलाइन     २१ वैशाख २०७८, मङ्गलबार
कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोभिड सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको  वैशाख १८ गते स्वाव परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको छ। पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै हुनुहुन्छ । 
 

प्रतिक्रिया