निर्वाचन आयोगले थाल्यो दलहरूसँग छलफल 

राम्रो अनलाइन     ०६ भदौ २०७९, सोमबार
निर्वाचन आयोगले थाल्यो दलहरूसँग छलफल 


काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न थालेको छ। आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सोमबार साढे ११ बजे बोलाएको हो।

आयोगका एक आयुक्तले भने,  ‘यसअघि  निर्वाचन आचारसंहिताको ड्राफ्ट राजनीतिक दलहरूलाई दिइसकेका छौँ। अब त्यसमा दलका केही आवश्यक सुझाव भए तिनलाई समेत समेटेर पास गर्नुपर्ने हुन्छ। त्यसैका लागि छलफल राखिएको हो। त्यसबाहेक अन्य तयारीका सम्बन्धमा पनि छलफल हुन्छ।’

आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । त्यस्तै पाँच सय ती प्रकारका मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया