प्रधानन्यायाधीशद्वारा प्रमुख निर्वाचन आयुक्तको शपथ

राम्रो अनलाइन     १४ साउन २०८३, बिहिबार
प्रधानन्यायाधीशद्वारा प्रमुख निर्वाचन आयुक्तको शपथ

काठमाडौँ–प्रधानन्यायाधीश डा मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
      
सर्वोच्च अदालतमा आज  आयोजित एक समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानन्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई शपथग्रहण गराए।
 
संसदीय सुनुवाइ समितिले बुधबार प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषदद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई नियुक्त गरेका थिए।

प्रतिक्रिया