ललितपुर–२ मा जगदीश खरेल पाँच गुणाभन्दा बढी मतान्तरले विजयी

राम्रो अनलाइन     २४ फागुन २०८२, आइतबार
ललितपुर–२ मा जगदीश खरेल पाँच गुणाभन्दा बढी मतान्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार जगदीश खरेल फराकिलो मतान्तरले विजयी भएका छन् । आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मत परिणाममा ३९ हजार ४९१ मत प्राप्त गर्दै खरेल सांसद निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत ल्याए । उनीहरूबीचको मतान्तर ३२ हजार ७१ रह्यो । खरेलले महर्जनलाई पाँच गुणाभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

तेस्रो स्थानमा रहेका उज्यालो नेपाल पार्टीका उमेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत पाए । नेकपा (एमाले)का उमेदवार प्रेमबहादुर महर्जन चार हजार ५३६ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया