तुलनात्मक रूपमा पुरुषमा शीघ्र स्खलनको समस्या देखिन्छ । तर, कतिपय महिला पनि पुरुष लिंग छिराउनासाथ स्खलन हुने समस्याबाट पीडित छन् । महिलामा हुने यस्तो खाले शीघ्र स्खलनले पुरुष यौन साथीलाई अप्ठ्यारो पर्न सक्छ । त्यसो त स्खलित हुनु र चरम सन्तुष्टि प्राप्त गर्नु फरक कुरा हो । कतिपय अवस्थामा (विशेषतः पुरुष पार्टनरमा) वीर्य स्खलनसँगै चरम सन्तुष्टि प्राप्त हुने र लगत्तै यौनांग शिथिल हुने भएकाले पनि यो भ्रम सिर्जित भएको हो ।
पुरुष यौन साथीमा स्खलनलगत्तै यौन शिथिलता आएजस्तै महिलामा शीघ्र स्खलनपछि यौन सम्पर्कलाई निरन्तरता दिन नचाहने हुन्छ । यस्तो परिस्थितिमा महिला पार्टनरले हृदयदेखि नै सघाइरहेकी हुँदैन । त्यसो त महिला पार्टनरले चरम सुख प्राप्त गर्ने यौनांग फरक–फरक छन् । त्यसो त स्त्रीमा तीन किमिसका चरमसुख क्लाइटोरोल (भगांकुर), भजाइनल (योनिमार्ग) तथा ब्लेन्डेड (मिश्रित) हुन्छ । त्यसैले भगांकुरबाट चरम सन्तुष्टि प्राप्त भई स्खलित भइसकेको अवस्थामा आसन परिवर्तन गरी योनिमार्गबाट चरमसुख प्राप्त गरेको खण्डमा दुवै जनालाई राम्रो हुन्छ । अथवा, केही समयको विश्रामपछि यौन सम्पर्कलाई निरन्तरता दिएको खण्डमा पुरुष यौन साथीले पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्ने हुन्छ ।
महिलामा शीघ्र स्खलनको समस्याले खासै ठूलो समस्या निम्त्याउँदैन । महिला पार्टनरमा कहिलेकाहीँ यस्तो समस्या हुनु स्वाभाविक नै हो । पटक–पटक हुन थाल्यो भने दम्पती वा पार्टनरबीच एकापसको आत्मसम्मानमा ठेस नलाग्ने गरी छलफल एवं आपसी सहयोग गर्नुपर्छ । शीघ्र स्खलनको समस्यालाई यौन कार्यको असक्षमतासँग कदापि दाँज्नु हुँदैन । यस्तो भावनाले झन् नकारात्मक परिणाम ल्याउँछ ।
स्थिति सहजीकरणका लागि केही समय लिंग–योनि सम्पर्कमा जोड नदिई प्राक्क्रीडा एवं यौन आनन्दका वैकल्पिक उपाय अपनाएर पार्टनरको शीघ्र स्खलन समस्या घटाउन तथा उनमा यौन कार्यप्रति सकारात्मक भाव जगाउन मद्दत गर्नुपर्छ ।
पुरुष पार्टनरमा जस्तै महिलामा शीघ्र स्खलन घटाउने ठ्याक्कै उपाय छैनन् तर महिला पार्टनरमा अधिक यौनेच्छा हुनुको कारण खोतल्नुपर्छ । महिला यौन साथीको महिनावारी चक्रको निश्चित समयलाई पनि ख्याल राख्नुपर्छ । नियमित महिनावारी हुने महिलाको महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयतिर यौनेच्छा अधिक हुन्छ । त्यस्तो बेला कुनै महिलामा शीघ्र स्खलनको समस्या तड्कारो रूपमा देखिन सक्छ । अधिक यौनेच्छालाई सामान्यीकरणमा ल्याउने मनोपरामर्श, आत्मनियन्त्रण, योग वा ध्यानले मद्दत पुग्न सक्छ ।
स्खलनपछि उत्तेजनाको समस्या
यौनसम्बन्धी प्रारम्भिक कुरा मस्तिष्कबाट सुरु हुन्छ । यसका लागि परिकल्पना, दृश्य, स्पर्श, गन्ध, ध्वनिले सुरुवाती काम गर्छन् । यसैलाई संयोजन एवं विश्लेषण गरी मस्तिष्कले आवश्यक हर्मोन उत्पादन गरी स्त्री–पुरुष दुवैमा आवश्यक यौन प्रतिक्रिया जनाउन लगाउँछ । र, सफल यौन क्रियाका लागि यौन प्रतिक्रिया चक्रका चरण पार गर्नुपर्छ । पुरुष र महिलामा यौन उत्तेजना हुने माध्यमका साथै यौनांग तथा अनुहार, छाला, श्वासप्रश्वास, मुटुको चाल र मांसपेशीमा आउने परिवर्तन उस्तै देखिए पनि चरम सन्तुष्टि प्राप्त गर्ने तरिका र समयमा भने थोरै भिन्नता छ । पुरुषले वीर्य स्खलनसँगै चरम सन्तुष्टि प्राप्त गर्छ र लगत्तै लिंग शिथिल हुन्छ भने तत्कालै पुनः यौन उत्तेजनामा ल्याउन गाह्रो हुन्छ । जबकि, महिलामा अनुकूल वातावरण तथा पुरुष यौन साथीको भरपूर सहयोगमा एउटै यौन प्रतिक्रिया चक्रमा पटक–पटक चरम सन्तुष्टि प्राप्त गर्ने र फेरि–फेरि उत्तेजित हुने सम्भावना हुन्छ ।
पुरुषमा स्खलनपछि आरामको स्थिति व्यक्तिपिच्छे लामो, छोटो हुन सक्छ । एकै व्यक्तिमा पनि प्रत्येक पटक फरक–फरक हुन सक्छ भने उमेर बढेसँगै स्खलनपछि आरामको समय लम्बिँदै जान सक्छ । यस बेलामा लिंग उत्तेजना हुने तथा सफलतापूर्वक यौन सम्बन्ध स्थापित गर्ने सम्भावना हुँदैन । तर, स्खलनपछि कडा तवरले लिंग उत्तेजित अवस्थामा राखिराख्न असम्भव नै हुन्छ । यो कुनै व्यक्ति विशेषमा मात्र हुने समस्या होइन । त्यसैले यसलाई हीनताबोधका रूपमा लिनु आवश्यक छैन ।
पुरुषले स्खलनसँगै यौन सन्तुष्टि प्राप्त गरेजस्तै त्यही बेला महिला पार्टनरले पनि चरम सन्तुष्टि प्राप्त गरेको हुनुपर्छ भन्ने छैन । कतिपय पुरुषमा शीघ्र स्खलनको समस्या हुन सक्छ । शीघ्र स्खलन वा यौन सम्पर्क गरेलगत्तै वा गरेको केही क्षणमै वीर्य स्खलन हुने समस्यामा पुरुषमा आंशिक रूपमा चरमसुख प्राप्त भए पनि महिलामा चरमसुख प्राप्त नभएको हुन सक्छ । महिलामा पटक–पटकको यौन असन्तुष्टिपछि कालान्तरमा मानसिक समस्या उत्पन्न हुन सक्छ । त्यसैले शीघ्र स्खलनका साथै स्खलनलगत्तै पुरुषमा उत्तेजना नआउने अवस्थालाई यौन जोडीले राम्ररी बुभ्mन जरुरी छ । शीघ्र स्खलनको समस्याका लागि छुट्टै उपचार विधि अपनाउनुपर्ने हुन्छ ।
महिला–पुरुषले एकैपटक वा प्रत्येक पटकको यौन कार्यमा अधिक सन्तुष्टि प्राप्त गर्न गोप्य वातावरणको साथै माधुर्य मुडमा प्राक्क्रीडामा यथेष्ट समय दिनुपर्ने हुन्छ । साथै, शीघ्र स्खलन रोक्ने विभिन्न उपाय अपनाउनका लागि यौन जोडीबीच आपसी समझदारी र सामञ्जस्य हुनु जरुरी छ ।