के हो तान्त्रिक सेक्स ? 

योगी विकासानन्द     १० जेठ २०७८, सोमबार
के हो तान्त्रिक सेक्स ? 

सेक्सलाई आगोसँग तुलना गरिन्छ । आगोमाथि नियन्त्रण गर्न सिकेपछि नै बनमान्छे मान्छे भएको हो र तसभ्यता विकास भएको हो । तर, मान्छेले आगोमाथि  नियन्त्रण गर्न सकेन वा आगोलाई सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ । सेक्स पनि आन्तरिक आगो हो । सदुपयोग भयो भने श्रृजना हुन्छ । भएनभने चरित्रको विनास हुन्छ । 

बुद्धिमाभन्दा इमोसनमा पाँचहजार गुणा बढी शक्ति हुन्छ । इमोसनसँग हृदय जोडिन्छ, बुद्धिसँग दिमाग । दिमाग र हृदय दुवैले शरिरमा ईलेक्ट्रिसिटी उत्पादन गर्छन् । जसलाई बायो इलेक्टिे«सिटी भनिन्छ । दिमाग र हृदयले उत्पादन गरेको बिजुली नाप्ने मेसिन क्रमशः ईइजी र इसिजी हो । यसरी यी मेसिनहरू मापनगर्दा दिमागभन्दा दिलले ईलेक्ट्रिक पचास गुणा बढी रम्योग्नेटिकल्ली फोर्स पाँचहजार गुणा बढी उत्पादन गर्ने पत्ता लागेको छ । यसरी दिमाग भन्दा हृदय बढी शक्तिशाली भएको स्पष्ट हुन्छ । दुनियाँमा जति पनि विकास वा विनास भएका छन्,त्यसमा दिमागको भन्दा हृदयको बढी भूमिका हुन्छ । 

सेक्स पनि इमोसन नै हो । त्यसैले यो शक्तिशाली छ । सेक्सुयल फ्ल्यूट स्खलित भयो भने सन्तान उत्पादन हुन्छ । सन्तान बन्नु वा जन्मनु प्रकृतिको गजवको क्रिएटिभिटी हो । एउटा मानिस जसलाई समान्य चित्र समेत बनाउन आउँदैन उसले गज्जबको मानिस निर्माण गर्छ । यदि स्खलित भएन भने त्यो उर्जाबाट संसारको सबैभन्दा ठुलो कला र विज्ञान पनि निर्माण भएको पाईन्छ । अर्थात सेक्सुअल उर्जा स्खलित नहुँदा पनि क्रिएटिभिटी सुरु हुन्छ । लियोनार्दाेदा भिन्ची र माईकल एन्जेलो मानव ईतिहासमा महानतम चित्रकार र मुर्तिकार हुन् । यी दुवै अविवाहित थिए । यिनिहरूको सेक्सुअलअ उर्जा कलामा रुपान्तरित भएको देखिन्छ ।

सेक्सुअलउर्जाका चार वटा संभावनाहरू छन् । पहिलो संभावना सन्तान उत्पादन हो । दोस्रोमा मनोरन्जन, तेस्रोमा कला र चौथोमा मुक्ति पर्छ । तर, बुझ्नु पर्ने कुरा कहाँ छ भने यी चारवटा मध्ये कुनै पनि संभावनामा सेक्सुअल उर्जा प्रयोग भएनभने मान्छे पागल हुने संभावना बढ्छ । तसर्थ सेक्स, बच्चाउत्पादन, मनोरन्जन, कला वा अध्यात्ममध्य कुनै एकमा प्रयोग हुनैपर्छ । 

पशुले सेक्स सन्तान उत्पादनको लागि प्रयोग गर्छ । आममानिसले मनोरन्जनको लागि प्रयोग गर्छन्, भने केहीमानिसले कलाको लागि त संसारका नगण्य मानिसले मुक्तिको लागि प्रयोग गर्छन् । 

सेक्स ईच्छा हुँदा वा मस्तिष्क श्रृजनशील हुँदा टेस्टोस्टेरोन हर्मन रिलिज भइरहेको हुन्छ । यसको अर्थ सेक्स, श्रृजना र आनन्दको श्रोत एउटै हो । हामीले कसरी प्रयोग गर्छाैं भन्ने विषय नै प्रमुख कुरा हो । 

सेक्सलाई मुक्तिको माध्यम बनाउन तान्त्रिक सेक्सको अवधरणा अगाडि सारिएको छ । तान्त्रिक सेक्समा मासं, माछा, मदिरा, मुद्रा र मैथुन अर्थात पंचमकारको प्रयोग हुन्छ । पंचमकारमा सबैभन्दा बढी महत्वपूर्ण कुरा मैथुन र मुद्रा हो । मासं माछा र मदिरा सहायक हुन् । 
साह्रै कमजोर मानिसको सेक्स, दुई तीन मिनेटको हुन्छ । सेक्समा राम्रो पर्फमेन्स दिन सक्ने मानिसको सेक्सपन्ध्र मिनेटको हुन्छ । अर्थात आममानिसको राम्रो सेक्स पर्फमेन्सको अवधि सामान्य त पन्ध्र मिनेट हो । तर, तान्त्रिक सेक्सको टाईम लिमिटेसन हुँदैन । तान्त्रिक सेक्स घण्टौघण्टासम्म निरन्तर हुन्छ । सेक्स क्रिया हो । 

क्रियामा ऊर्जा खर्च हुन्छ । मासं खाद्यान्नहरू मध्ये ऊर्जाको राम्रो श्रोत भएका कारण यसलाई तन्त्रले समाहित गरेको हो । अर्काेतर्फ फलाहारीभन्दा मासंहारीहरूमा सेक्सुअल फिलिङ बढी हुन्छ । 

माछामा ओमेगाथ्री भन्ने तेल पाईन्छ । मान्छेले जब माछा खान थाल्यो त्यसपछिबाट मात्र खास सभ्यताको विकास हुन थालेको देखिन्छ । माछामा रहेको ओमेगा तेल ब्रेन फ्रेन्डल्ली तेल हो । हामीले खाईरहेको सामान्य तेलले माईन्ड स्लो हुन्छ । तर, माछाको तेलले फास्ट हुन्छ । तान्त्रिक सेक्समा दिमाग सन्तुलित हुनुपर्छ । अर्थात उत्तेजनालाई कन्ट्रोल गर्न सक्नुपर्छ । सामान्य सेक्सको उद्देश्य स्खलनहो । तर, तान्त्रिक सेक्सको उदेश्य उध्र्योगमन अर्थात यौन रस आध्यात्मिक उर्जामा परिणत गरी मस्तिष्कतर्फ लैजानु हो । माछा खानाले दिमागलाई कन्ट्रोल गर्न सहयोग गर्ने हुनाले नै तन्त्रमा माछाको प्रयोग अनिवार्य गरिएको बुझिन्छ ।

मदिरा मनलाई भड्कन नदिनको लागि प्रयोग गरिन्छ । बाहिर ध्यान नजाओस् वा मन नभड्कियोस् भनेर मनलाई पर्दा हाल्नको लागि सेक्सभन्दा अगाडि एकवादुई पेग वाईन पिउन सकिन्छ । एक वा दुई पेगले बर्हिमुखी हुनबाट रोक्छ । अन्तरमुखी बनाउँछ र सम्पूर्ण ध्यान तान्त्रिक सेक्समा केन्द्रित हुन्छ । तर, लिमिटभन्दा बढी मदिरा सेवन गर्दा सेक्सकै पर्फमेन्स घटाउँछ ।

मुख्य कुरा तान्त्रिक सेक्सका लागि शरीर र दिमागलाई शसक्तिकरण गर्नुपर्छ । योग, प्राणायाम तथा व्यायामले शरीर र दिमाग तरोताजा रहन्छ । तर, सेक्सका खास यन्त्र भनेका योनी, लिंग र मलद्वार हुन् । योनी र लिंगलाई मजवुत बनाउन पनि विभिन्न व्यायाम गर्नुपर्छ । योनी र लिंग सम्बन्धी व्यायामका लागि बज्रौली, सहजोली, मुलबन्ध, आश्विन, शक्तिशालिनी र अमरोली जस्ता मुद्राहरू छन् । यी मुद्राहरूको अभ्यास कम्तिमा पनि छमहिना वा एक वर्ष गरेपछि मात्र तान्त्रिक सेक्समा सहभागी हुन सकिन्छ । 

अश्विनी मुद्रामा मलद्वावरको मासंपेसीलाई टाईट र लुजगरिन्छ । बज्रासन (दुवै घुँडा दोबारेर बस्नु) मा बस्ने र श्वास तान्दै मलद्वार तान्ने र दुई चार सेकन्ड जती श्वास रोकेर श्वास र मलद्वावर दुबै छोड्ने गरिन्छ । यसले एकातिर सेक्स पावर बढाउँछ भने अर्काेतर्फ सेक्स नियन्त्रण क्षमतालाई पनि बढाउँछ ।
पुरुषको मलद्वावर र लिंगको बीचमा मुलाधार चक्रको स्थान छ । त्यसलाई मात्र दबाउनु मुलबन्ध मुद्रा हो । श्वास तान्दै र छाड्दै मुलाधार चक्रको व्यायाम गर्नुपर्छ । मलद्वावर र लिंगको बीचमा हुने यस केन्द्रमानै सेक्सको खास ईनर्जी हुन्छ । यसलाई कन्ट्रोल गर्ने वित्तिकै सेक्सुअल इमोसन कन्ट्रोल गर्न सकिन्छ । विशेषगरी यस केन्द्रलाई टाईट गर्ने वित्तिकै स्खलन र सेक्सुअल उर्जा तल जनुको साटो माथितिर जान्छ । यसलाई बुझ्नको लागि पिसावको अन्तिम धार फेर्दा कहाँ दवाब पर्छ भनेर बिचार गर्नुपर्छ । त्यही दवाब पर्ने स्थल नै मुलाधार चक्रहो । 

पुरुषको लिंगमाथि कन्ट्रोल गर्नकालागि बज्रौली मुद्राको अभ्यास जरुरी छ । यसमा लिंगलाई तन्काउने र खुम्च्याच्याउने गरिन्छ । श्वास तान्दै लिंग खुम्च्याउने र श्वस छाड्दै लिंगलाई छोड्ने गर्नुपर्छ ।

महिलाले भने सहजोली मुद्राको अभ्यास गर्नुपर्छ । यसलाई किगल एक्सरसाईज पनि भनिन्छ । डा. किगलले मेडिकल साईन्समा यसलाई महिलाहरूको योनीमार्ग सम्बन्धी रोगहरू निवारणको लागि प्रयोगमा ल्याएका हुन् । यस मुद्रामा स्वास तान्दै र छाड्दै भगोष्ट (भल्वा) लाई तान्ने र खुम्च्याउने गरिन्छ । 
यी मुद्राहरूको प्रयोगले यौनागंहरू स्वस्थ्य एवं अत्यधिक शक्तिशाली हुन्छन् । जसले सेक्स पर्फमेन्सलाई दिगो बनाउनुको साथै आध्यात्मिक रुपान्तरणका लागि सहायक बनाउँछ । 

तान्त्रिक सेक्सको लागिकोठाको वातावरण पनि विशेष हुनपर्छ । तान्त्रिक सेक्समा कोठाको वातावरणलाई मन्दिरको रुपमा परिभाषित गरिएको छ भने पुरुषलाई देव र महिलालाई देवीको रुपमा अभिव्यक्त गरिएको छ । कोठालाई सेन्ट र धुपले सुगन्धित पारिन्छ । कोठामा प्रयोग हुने सामग्रीहको रंग रातो हुनुपर्छ । प्रकाश मधुरो हुनुपर्छ । आवश्यकताअनुसार तान्त्रिक वा क्लासिक म्यूजिक पनि बजाउन सकिन्छ । यी सवैकुराले सेक्सुअल मुडलाई कायम राखिरहन्छ । 

अब मैथुन (सेक्स) को सुरुवात स्थान हुँदै सुगन्धित तेल वा मदिरा मसाजबाट सुरु गरिन्छ । मसाजले शरिरका सम्पूर्ण तनावहरुलाई फालिदिन्छ र शरिर तथा मन दुवैमा स्फुर्ति ल्याउँछ । त्यसपछि दुवैको स्वासमा तालमेल ल्याउने अभ्यास गरिन्छ । यसमा एकले श्वास फाल्दा अर्काेले पनिफाल्ने र एकले तान्दा अर्काेले पनितान्ने गरिन्छ । यसरी गहिरो श्वासको तालमेलले दुबैको मानसिकता एउटै बन्छ र दुई शरीर भएपनि मन एउटै हुन जान्छ । चुम्बन, स्पर्स लगायतका सम्पूर्ण प्रकृयाहरू गरिन्छ र सेक्स सुरु हुन्छ । 

तान्त्रिक सेक्समा चौरासी आसनको प्रयोग हुन्छ । तर, प्रयोगमा आउने पहिलो आसन वा मुद्रा यावयुम मुद्रा हो । जसमा महिला पुरुषका दुई तिग्रामाथि सम्मुख बस्छिन् । महिलाको दुवै गोडा पुरुषको कम्मरतर्फ हुन्छ । चुम्बन र आलिंगन सहित सेक्स कायम गरिन्छ । 

तान्त्रिक सेक्समा आनन्दलाई जोगाउँदै स्खलन गरिदैन । सामान्यत तान्त्रिक सेक्समा दुई घण्टा पश्चात बिश्राम लिइन्छ । त्यसपछि मासु, माछा वा मदिरा खाना सकिन्छ र पुन सेक्सलाई अगाडि बढाउन सकिन्छ । सेक्सको बीचमा स्खलनको फिलिङ भएमा अघि उल्लेख गरिएका बज्रौली, आश्विनी र मुलबन्धमुद्राले कन्ट्रोल  गरिन्छ । यसरी तान्त्रिक सेक्समार्फत अन्त्यमा प्राप्तहुने आनन्दै आनन्दलाई महामुद्रा अथवा सहज आनन्द भनिन्छ । 
तान्त्रिक सेक्सले मानसिक ददर्, पीडा फ्रस्टेसन, डिप्रेसन निको पार्छ । हिलिङको पनि काम गर्छ । शारिरीक रोगहरू निवारणगर्न सहयोग पु¥याउँछ । पतिपत्निको बीचमा गजबको प्रेम जन्मन्छ । पारिवारीक सम्वन्ध मजवुत बन्न पुग्छ ।

अचेल सेक्स समस्या एकप्रमुख स्वास्थ्य समस्याको रुपमा देखिन्छ । यसको पछाडि बदलिँदो समय र जीवनशैली पनि जिम्मेवार छ । तर, हाम्रो सभ्याता र संस्कृतिले विगतमा प्रयोग गरेको तान्त्रिक सेक्स सम्वन्धी शिक्षा प्रचलनमा ल्याउन नसक्दा नै अधिकांश सेक्स समस्या सृजना भएका हुन् । 
 

प्रतिक्रिया