सफल यौन केवल यौनांगहरूको मिलन मात्र होइन । दम्पतीबीचको आपसी सहयोगले मात्र दुवै जनाले अधिकतम सन्तुष्टि पाउन सक्छन् । सफल यौन कार्यका लागि तनावरहित वातावरणका साथै दुवैको मन प्रफुल्लित हुनुपर्छ । हतारमा यौन सम्पर्क राख्दा वीर्य स्खलनलगत्तै पुरुषलाई सन्तुष्टि भए पनि महिलालाई नहुनसक्छ । त्यसैले महिला पार्टनरले पनि बराबरी यौन सन्तुष्टि प्राप्त गर्न यौन क्रियाअघि प्राक्क्रीडाको विशेष महत्व छ । पुरुष लिंग यौन सम्पर्क लागि शारीरिक तथा मानसिक रूपमा तयार पार्न तथा यौन उत्तेजनामा ल्याउन एक आपसमा गरिने क्रियाकलापलाई प्राक्क्रीडा भनिन्छ ।
महिला र पुरुषबीच यौन चक्रमा निश्चित रूपमा फरक छ । महिलालाई चरम सन्तुष्टिमा पुग्न लामो समय लाग्छ भन्ने कुरा पुरुष पार्टनरले थाहा पाउन जरुरी छ । पुरुषमा वीर्य स्खलनसँगै लिंगमा शिथिलता आउँछ । त्यसलाई पुनः उत्तेजनामा आउन समय लाग्छ । महिलाले एउटै चक्रमा पनि पटक–पटक चरमसुख प्राप्त गर्न सक्छन् । प्राक्क्रीडाको मद्दतले महिला–पुरुष दुवैले अधिक सन्तुष्टि प्राप्त गर्न मद्दत मिल्छ ।
सफल यौन प्रक्रियाका लागि पर्याप्त समय दिनुका साथै गोप्यताको अनुभूति एवं तनावरहित वातावरण हुनुपर्छ । प्राक्क्रीडाको क्रममा दम्पती दुवैले लिंगबाहेक शरीरका अन्य अंग पनि यौनका दृष्टिले संवेदनशील छन् भन्ने बुभ्mनुपर्छ । संवेदनशील यौनांग स्पर्शले मात्र होइन दम्पतीबीच ख्याल ठट्टा गर्ने, हँसीमजाक गर्ने बानीले पनि सहयोग पु¥याउँछ । पुरुष तथा महिलाका लिंग बीचको सम्पर्क कुनै पनि यौन क्रियाको अन्तिम लक्ष्य भए पनि उपयुक्त वातवारण तथा माहौलको उपलब्धतासँगै यौनसम्बन्धी सोचले शरीर यसैअनुसार परिवर्तन हुन थाल्छ । त्यसैले सफल यौन क्रियाका लागि मानसिक एवं शारीरिक तवरले तयार हुनुपर्दछ ।
महिला र पुरुष बीचको उत्तेजना एवं चरमसुखको फरकपनाको कारणले प्राक्क्रीडाको छुट्टै महत्व छ । यस विषयमा पुरुष पार्टनरले बढी बुभ्mनु जरुरी छ । प्राक्क्रीडाको क्रममा एक आपसमा सुम्सुम्याउनेदेखि चुम्बन गर्ने, अँगालो मार्ने, हल्का चिमोट्ने, टोक्ने, दबाउने, काउकुती लगाउने कार्य गर्न सकिन्छ । मधुरो प्रकाश, हल्का पफ्र्युम, सुमधुर संगीत एवं थोरै मद्यपानले थप मादकता प्रदान गर्छ ।
यौन चक्रका विभिन्न चरणअनुसार स्त्री यौनांगमा विभिन्न परिवर्तन आउँछ । मुख्यतयाः योनिद्वार, भगांकुरमा रक्त प्रवाह बढ्नुका साथै स्तन, अनुहार, छाला, कानको लोतीमा रातोपना आउने, मुटुको चाल बढ्ने, श्वास प्रश्वास छिटो–छिटो हुने हुन्छ । यौन उत्तेजनाको निरन्तरतासँगै चरमसुख प्राप्त हुने क्रममा स्त्री जननेन्द्रियका मांसपेशी पटक–पटक खुम्चिने, फुक्ने हुन्छ ।
पुरुष र महिलामा चरमसुख अलि फरक छ । यौन क्रिया पूर्व पर्याप्त प्राक्क्रीडाको अभावमा दुवै जनाले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । चरमसुख प्राप्त भएसँगै पुरुषमा शिथिलता आउँछ । अत्यधिक उचाइमा वीर्य थैली, पुरुष ग्रन्थी एवं शुक्रकीटवाहिनी नलीमा संकुचन उत्पन्न भई वीर्य स्खलनपछि पुरुषले सन्तुष्टि महसुस गर्छ । पुरुषको शीघ्र स्खलन महिलालाई नराम्रो लागे पनि उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्दैनन् । विवाहित महिला नै भए पनि आफ्नो असन्तुष्टि व्यक्त नगरेको खण्डमा पटक–पटकको असन्तुष्टि, यौन अतृप्तिले महिलामा मानसिक समस्या उत्पन्न हुन लाग्दैन । त्यसैले आफ्नो जीवनसाथीले पनि सन्तुष्टि प्राप्त गरे नगरेको सोध्नु आवश्यक छ ।
महिलाको तुलनामा पुरुषमा चरमसुख पछिको अवधि लामो हुन्छ । यस अवधिमा पुरुषलाई तुरुन्त यौन उत्तेजनमा ल्याउन तथा फेरि यौन क्रियाकलापका लागि तयार पार्न गाह्रो हुन्छ । यसको ठीक उल्टो महिलामा भने चरमसुखलगत्तै पनि पटक–पटक यौन उत्तेजनामा ल्याई फेरि–फेरि चरमसुख प्राप्त गर्न सक्छ । व्यक्ति विशेषको आफ्नै स्वभावअनुसार चरमसुख प्राप्त गर्ने तथा यसपछि पुनः उत्तेजनामा आउने अवधि पनि फरक–फरक हुन्छ । यौनांगको प्रत्यक्ष घर्षण हुनुपूर्व दम्पती नै प्राक्क्रीडामा संलग्न भएमा अत्यधिक यौन सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ । यसले गर्दा दाम्पत्य जीवन सुमधुर र प्रगाढ बनाउँछ ।
के हो यौन असन्तुष्टि ?
दम्पती वा यौन साथीबीच आपसी समझदारी, प्राक्क्रीडाको अज्ञानता, लिंग घर्षणमा मात्र ध्यान दिनाको कारण पटक–पटकको यौन असन्तुष्टिका कारण वैवाहिक सम्बन्ध नै बिलखबन्दमा पर्न बेर लाग्दैन । मानसिक, शारीरिक कारणले गर्दा कतिपय व्यक्तिले चरमसुख प्राप्त गर्न सक्दैन ।
मानव विशेषको दैनिक क्रियाकलाप एवं वरपरको वातावरणको प्रभाव यौन जीवनमा पनि पर्दछ । घरायसी, पेशागत, आर्थिक अवस्थाले यौन जीवनलाई असर पु¥याउन सक्छ । कतिपय व्यक्तिमा भने शीघ्र स्खलन, यौन उत्तेजनाको कमी, निःसन्तान, लिंगको बनावटका कारण चरम सुख प्राप्त गर्न गाह्रो हुनुको साथै यौन जीवन पनि सफल हुँदैन । यसका साथै गोप्यताको कमी, एकान्त वातावरणको कमी, चिन्ता, तनाव, अनिच्छित गर्भ तथा यौन रोग लाग्ने आशंकाका कारणले पनि यौन सन्तुष्टि पाउन समस्या हुनसक्छ ।
विवाहेतर सम्बन्ध, अविवाहित अवस्थामै यौन सम्बन्धका कारण पनि यौन सन्तुष्टि पाउन गाह्रो हुनसक्छ । एकैखाले जीवनयापन, दाम्पत्य बीचमा विश्वासको कमी, करकाप वा बाध्यता पछिको यौन सम्बन्ध, वैवाहिक बलात्कार, यौनहिंसाका कारणले पनि चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कतिपय व्यक्ति सानै उमेरमा यौन हिंसा वा यौनजन्य अपराधबाट प्रताडित हुँदा पछि यौन सन्तुष्टि प्राप्त गर्न गाह्रो हुन्छ ।
जीर्ण खालको स्वास्थ्य समस्याका साथै यौन उत्तेजनामा खलल पुग्ने खालको शारीरिक चोटका कारण यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ । हालसालैको ठूलो शल्यक्रिया, कतिपय औषधि तथा अत्यधिक मद्यपान एवं लागुपदार्थको सेवनका कारण पनि यौन सम्बन्ध सफलतापूर्वक स्थापित गर्न नसक्ने भई चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । महिनावारी भइरहँदा, योनिमार्ग सुक्खापनको समस्या हुँदा, योनि संकुचन एवं पीडादायी यौन सम्पर्कका कारण पनि चरमसुख प्राप्त गर्न सक्दैनन् ।
कतिपय अवस्थामा यौन साथी एकले अर्कालाई आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ । मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान दिने कार्यलाई छोडी यौन सम्पर्कका क्रममा फोरप्लेमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।