भारतीय ज्योतिषीको भविष्यवाणी फेल खान्छ, बालेन सरकार पाँच वर्ष चल्छ

गुरु केदार बराल     १५ असोज २०८३, बिहिबार
भारतीय ज्योतिषीको भविष्यवाणी फेल खान्छ, बालेन सरकार पाँच वर्ष चल्छ

नेपालको कुण्डलीबारे भारतीय ज्योतिषीले गरेको व्याख्या मैले ध्यानपूर्वक र पूरा हेरेको छु। उहाँले प्रस्तुत गर्नुभएको ग्रहस्थिति, भावको व्याख्या र त्यसबाट निकालिएको सत्ता परिवर्तनको निष्कर्षसँग म सहमत हुन सक्दिनँ।

ज्योतिषमा केवल एउटा ग्रह आठौँ भावमा छ भन्दैमा त्यसलाई सीधै सत्ता परिवर्तनको निश्चित भविष्यवाणीमा रूपान्तरण गर्न मिल्दैन।

कुण्डलीको समग्र संरचना, दशा–अन्तरदशा, गोचर, योग, ग्रहबल, सम्बन्धित भावका स्वामी तथा त्यसको परस्पर सम्बन्धलाई हेरेर मात्र यस्तो निष्कर्ष निकाल्नुपर्छ।

मैले उहाँको व्याख्या पुरै सुनेको छु। यो पेसामा उहाँभन्दा म कम जानकार छैन। त्यसैले उहाँले प्रस्तुत गर्नुभएको आधारबाट सन् २०२७ भित्रै नेपालमा सत्ता परिवर्तन हुन्छ भन्ने निष्कर्षलाई म स्वीकार गर्दिनँ।

बरु मेरो ज्योतिषीय अध्ययन र विश्लेषणअनुसार अहिलेको परिस्थितिमा अर्को कुरा बढी स्पष्ट देखिन्छ–

आगामी दुई महिनाभित्र, अर्थात् मंसिरसम्म, प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डलमा केही हेरफेर हुने सम्भावना बलियो छ।

यो कुरा मैले सत्ता परिवर्तनको भविष्यवाणीका रूपमा होइन, अहिलेको राजनीतिक र प्रशासनिक अवस्थासँग जोडेर पनि हेरेको छु।

प्रधानमन्त्री बालेन्द्र शाहको काम गर्ने गति एउटा दिशामा छ भने मन्त्रिमण्डलका सबै सदस्य त्यही गति र कार्यक्षमतामा हिँड्न सकेका छैनन् भन्ने कुरा नेपाली जनताले पनि महसुस गरिसकेका छन्।

सरकारको नेतृत्वले जुन गतिमा काम गर्न खोजिरहेको छ, त्यही गतिमा सबै मन्त्रालय चल्न नसक्नु अहिलेको मुख्य चुनौती हो।

त्यसैले मन्त्रिमण्डललाई चुस्त, सक्षम र परिणाममुखी बनाउने गरी केही मन्त्री परिवर्तन वा जिम्मेवारी हेरफेर हुनु स्वाभाविक र आवश्यक दुवै देखिन्छ।

तर यसलाई सत्ता परिवर्तनसँग जोड्नु गलत हुन्छ।

मेरो स्पष्ट धारणा छ–

बालेन सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्नबाट रोक्ने कुरा अहिलेको अवस्थामा देखिँदैन।

राजनीतिक उतारचढाव आउन सक्छ। विरोध हुन सक्छ। दबाब सिर्जना हुन सक्छ। मन्त्रिमण्डलमा फेरबदल हुन सक्छ। तर त्यसलाई सरकार नै ढल्ने वा सत्ता परिवर्तन हुने भविष्यवाणीमा जोड्नु ज्योतिषीय दृष्टिले पनि अतिशयोक्ति हो।

अझ स्पष्ट शब्दमा भन्नुपर्दा–

मंसिरसम्म मन्त्रिमण्डलमा फेरबदल हुन सक्छ, तर सरकार परिवर्तन हुँदैन।

बालेनले पाँच वर्ष सरकार चलाउने आधार अहिले पनि बलियो देखिन्छ।

त्यसैले भारतका ज्योतिषीहरूले सन् २०२७ सम्म सत्ता परिवर्तन हुन्छ भनेर गरेको दाबीलाई मैले स्वीकार गर्नुपर्ने कुनै ज्योतिषीय आधार देखेको छैन। एउटा ग्रह, एउटा भाव वा एउटा गोचर समातेर पूरै राष्ट्रको राजनीतिक भविष्य घोषणा गर्न खोजियो भने त्यो ज्योतिषीय विश्लेषणभन्दा बढी सरलीकृत निष्कर्ष बन्न पुग्छ। मंसिरसम्म केही मन्त्री फेरिन सक्छन्,
तर बालेन सरकार फेरिँदैन।
बालेन पाँच वर्ष सरकार चलाउँछन्।

प्रतिक्रिया