स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र 

राम्रो अनलाइन     १४ चैत २०७८, सोमबार
स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र 

 

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको आइतबार बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङग्याएको हो । आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लामा ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।

यस्तै प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तय गरिएको छ । यसमा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् ।

वाग्मतीमा १ हजार ७ सय ९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । वाग्मतीमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ मतदाता छन् ।

गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाताको लागि १ हजार २ सय ५३ मतदान स्थल तय गरिएको छ । लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाताको लागि १ हजार ६ सय २९ मतदान स्थल, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाताको लागि ९ सय ७ मतदान स्थल तोकिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाताका लागि आयोगले १ हजार १ सय ३५ मतदान स्थल तय गरेको छ ।

प्रतिक्रिया