छिटो वजन घटाउने  सात उपाय

राम्रो अनलाइन     २४ माघ २०७८, सोमबार
छिटो वजन घटाउने  सात उपाय

वजन बढाउन सजिलो छ तर घटाउन त्यति सजिलो छैन । कतिपयले वजन घटाउन धेरै मेहनत गर्छन् । यी उपाय अपनाएर थोरै समयमा सजिलै वजन घटाउन सकिन्छः

बिहान उठेको आधा घण्टापछि एउटा फल खानुपर्छ


चाँडै वजन घटाउन चाहनेका लागि यो उत्तम उपाय हो । बिहान उठिसकेको आधा घण्टापछि एउटा फल खानुपर्छ । स्याउ अथवा केरा खान सकिन्छ । फलले शरीरलाई ऊर्जा दिनुका साथै तन्दुरुस्त राख्न मद्दत गर्छ ।


 दुई–दुई घण्टामा अलिकति खाना खानुपर्छ


छिटो वजन घटाउन चाहनेले हरेक दुई घण्टामा थोरै–थोरै खाना खाइराख्नुपर्छ । लामो समयसम्म भोको बस्नु हुँदैन । दुई–दुई घण्टामा खाइने खानामा जुस, खाजा, फल आदि हुनसक्छन् ।


धेरै पानी खानुपर्छ


दिनको कम्तीमा तीन लिटर पानी खानैपर्छ । फ्रिजको चिसो पानीको साटो मनतातो पानी खानुपर्छ । जसले वजन घटाउन मद्दत गर्छ ।


बिहान अघाउने गरी नास्ता खानुपर्छ


चाँडो वजन घटाउने इच्छा राख्नेले बिहानको खाजा स्वस्थ र भारी खानुपर्छ । बिहान भोक नलागे पनि खाना छोड्नु हुँदैन । मज्जाले पेटभरि खानुपर्छ ।


राति सुत्नुभन्दा साढे दुई घण्टाअघि खानुपर्छ


वजन कम गर्न चाहनेले राति सुत्नुभन्दा साढे दुई घण्टाअगाडि खाना खाइसक्नुपर्छ । रातिको खाना हलुका हुनुपर्छ ।


बिस्कुट र ब्रेड खानु हुन्न


फिट रहन चाहनेले खानामा बिस्कुट र ब्रेड खानु हुन्न । कतिपयले चियासँग दुई÷चार वटा बिस्कुट खाने गर्छन्, यो गलत हो । पाउरोटीमा पनि मैदा हुन्छ । जसले वजन बढाउने काम गर्छ ।


घीउ खानुपर्छ


क्यालोरीमा ध्यान दिने कतिपयले घीउ खाँदा मोटोपन बढ्छ भन्ने ठान्छन् । तर, सही मात्रामा घीउ खाँदा यसले फिट रहन मद्दत गर्छ । एक दिनमा दुई चम्चा घीउ खान सकिन्छ । त्यसैले खानामा घीउ अवश्य हुनुपर्छ ।

प्रतिक्रिया