३९५ महिला उम्मेदवार चुनावी मैदानमा

राम्रो अनलाइन     ०७ माघ २०८२, बुधबार

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरिएको छ । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि ११ सय ८७ स्वतन्त्रसहित ६८ राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । 

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उम्मेदवारले उमेदवारी दर्ता गराएका छन् । यसमा राजनीतिक दलको तर्फबाट २३५ र स्वतन्त्रबाट १६० महिला उमेदवारले मनोनयन दर्ता गराएका छन् । 

देशभर ३४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएकामा  तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।  राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिक्रिया