व्यायामका असल नतिजा 

राम्रो अनलाइन     १३ जेठ २०७८, बिहिबार
व्यायामका असल नतिजा 

प्रायः मानिस वजन घटाउन अथवा बढाउनका लागि व्यायाम गर्छन् । व्यायाम हरेक मानिसका लागि आवश्यक छ । अभ्यासले शरीरलाई धेरै किसिमले फाइदा पु¥याउँछ । यसले शरीरलाई स्वस्थ, सुडौल र बलियो बनाउँछ । कुनै पनि व्यायाम सुरु गर्दा फिटनेस एक्सपर्टबाट सल्लाह लिनुपर्छ ।

शरीरलाई सही आकार दिन्छ 
नियमित व्यायाम गर्दा निहुरिएको काँध सही आकारमा आउँछ । शरीरको वजन नियन्त्रित हुँदा मोटोपनले सताउँदैन । शरीरका प्रत्येक भाग सही मुद्रामा सुन्दर र समान हुन्छन् । 

अनिद्रा भगाउँछ
तनाव हुँदा अथवा थकानका कारणले निद्रा लाग्दैन । जति प्रयास गरे पनि राति निद्रा लाग्दैन । यस समस्याबाट छुटकारा पाउन नियमित व्यायाम गर्नुपर्छ । जसले हाम्रो शरीरमा सकारात्मक ऊर्जा सञ्चार गर्छ । राति मीठो निद्रा पर्छ ।

छाला चम्किलो बनाउँछ
व्यायामले छाला सुन्दर र चम्किलो बनाउँछ । अभ्यास गर्दा श्वास–प्रश्वासको गति बढ्छ । शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । यसले गर्दा भित्रको फोहोर विषाक्त पदार्थ पसिनाको रूपमा बाहिर निस्कन्छ । जसले 
छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा दिलाउँछ । नियमित व्यायामले शरीरमा कोलेस्टेरोललाई कम गर्छ । शरीर छरितो बन्छ ।

तनाव हटाउँछ
व्यायामले तनाव सिर्जना गराउने हार्माेनहरूलाई बढ्न दिँदैन र र, खुशी हुने हार्मोन उत्पादन गर्छ । जसले गर्दा मानिस तनावमुक्त हुन्छ ।

मुटु स्वस्थ राख्छ
नियमित व्यायामले शरीरमा रक्तसञ्चार सही तरिकाले हुन्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ । मांसपेशी बलियो बन्छ । मुटुमा लाग्ने रोगको जोखिम कम हुन्छ ।

पिठ्यूँको पीडाबाट राहत
अफिस अथवा घरमा निरन्तर काम गरिरहँदा पिठ्यूँको पीडाले सताउन थाल्छ । यस समस्याबाट मुक्ति पाउन व्यायाम गर्नुपर्छ । अभ्यासले शारीरिक पीडाबाट पनि राहत दिन्छ । 

प्रतिक्रिया