मोरङ–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन्।
उनले मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दिएका हुन् । उनीसँगै यहाँ विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
यहाँ नेकपा (एमाले) बाट विनोदप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्रकुमार राय, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट सविन निरौलालगायतले मनोनयन पत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।