फिटनेसका लागि जिम तथा क्लब जान नभ्याउनेले घरमै केही फिटनेसका सामग्री राखेर एक्सरसाइज गर्न सकिन्छ । खासै महँगो पनि नपर्ने र सानो ठाउँमा फोल्डिङ गरेर राख्न मिल्ने केही फिटनेस सामग्री यस्ता छन्ः
एबी जिम
यो अमेरिकामा बनेको ब्रान्डेड एक्सरसाइज गर्ने मेसिन हो । यसलाई २३ तरिकाले प्रयोग गर्न सकिन्छ । यसबाट पेट घटाउने, बाइसेप्स तथा ट्राइसेप्स बढाउने कसरत गर्न सकिन्छ । खुट्टाको एक्सरसाइजका लागि पनि यो उपयोगी हुन्छ । यसबाट ढाडको मसाज पनि गर्न सकिन्छ । दैनिक १० मिनेट यो मेसिनबाट एक्सरसाइज गर्दा केही महिनामा नै राम्रो नतिजा पाउन सकिन्छ । हप्ताको दुई पटक यो मेसिनबाट एक्सरसाइज गर्दा पनि शरीर फिट राख्न सकिन्छ । एक्सरसाइज गरेपछि फोल्डिङ गरेर सानो ठाउँमा राख्न सकिने भएकाले यसलाई कहाँ राख्ने भन्ने झन्झट पनि हुँदैन । दुई वर्षको वारेन्टीसहित एबी जिमको मूल्य १४ हजार ५ सय रुपैयाँ पर्छ ।
स्पिन एक्स फिटनेस बाइक
शरीरको क्यालोरी बर्न गर्न यो फिटनेस बाइक निकै उपयोगी हुन्छ । यो पनि फोल्डिङ गर्न मिल्ने खालको बाइक हो । यो बाइक चलाउँदा घुँडामा असर गर्दैन । तौल घटाउन यो बाइक उपयोगी हुन्छ । दैनिक आधा घण्टा यो बाइक चलाउँदो मांसपेशी बलियो हुनुका साथै शरीर कसिलो हुन्छ । यो पूरै शरीरको व्यायाम गर्न उपयोगी हुन्छ । यसमा डिजिटल डिस्प्ले जडान गरिएको हुन्छ । जसले किलोमिटर, स्पिड, टाइम र क्यालोरी मापन गर्छ । तन्दुरुस्तीका लागि यो बाइक चलाउँदा निकै फाइदा हुन्छ । यसको मूल्य करिब ३५ हजार रुपैयाँ पर्छ ।
डाइनाजिम
यसबाट पाँच तरिकाले एक्सरसाइज गर्न सकिन्छ । यसलाई ट्वीस्ट गर्न मिल्छ । यसबाट पुसअप, स्ट्रेचअप, पुलअप गर्न सकिन्छ । यसबाट पेटको एक्सरसाइज पनि गर्न मिल्छ । यो सानो आकारको मेसिन भएकाले यसलाई कतै घुम्न जाँदा साथमा लिएर जान पनि सकिन्छ । यसलाई ९ हजार ५ सय रुपैयाँ पर्छ ।
फोल्डिङ फिटनेस बाइक
यो कोरियन ब्रान्डको फोल्डिङ बाइक हो । यो साउन्डलेस हुन्छ । कोठाको एउटा कुनामा राखेर चलाउन मिल्ने यो बाइक चलाएर पूरै शरीरको व्यायाम गर्न मिल्छ । यसको सिट आरामदायी हुन्छ । ह्यान्ड रेस्ट र ब्याक रेस्ट गर्न मिल्ने यो बाइकबाट आरामदायी तरिकाले एक्सरसाइज गर्न सकिन्छ ।
पुलअप बार
यसबाट चार तरिकाले एक्सरसाइज गर्न सकिन्छ । यो वयस्कका लागि उपयोगी छ । जिम जान नभ्याउनेका लागि यो निकै उपयोगी हुन्छ । पुसअप र पुलअप तथा पेटको एक्सरसाइजका लागि यो उपयोगी हुन्छ ।
सकेसम्म माथिक सबै र नसकेमा आफूलाई उपयुक्त हुने कुनै एउटै आइटम छनोट गरेर घरमा राख्ने र नियमित एक्सरसाइज गर्ने हो भने हामी जिम नगईकन पनि शरीर फिट राख्न सक्छौँ ।