यी हुन् ओली सरकारमा मन्त्री हुने जसपाका नेताहरू

राम्रो अनलाइन     २१ जेठ २०७८, शुक्रबार
यी हुन् ओली सरकारमा मन्त्री  हुने जसपाका नेताहरू

काठमाडौँ: केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा जनता  समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूहका १० जना सहभागी हुने भएका छन् । जसपा नेता केशव झाकाअनुसार राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी हुने भएका हुन् । महतो उपप्रधान मन्त्री तथा शहरी विकास मन्‍त्री हुने भएका छन् । त्‍यस्तै शरतसिंह भण्डारी उर्जा,  अनिल झा- खानेपानी र बिमल श्रीवास्तव श्रममन्‍त्री हुने झाले छन्  । 

को को बन्‍दै छन् मन्‍त्री ? 

१.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्‍त्री
२.शरतसिंह भण्डारी - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्री
३.अनिल झा - खानेपानी मन्‍त्री
४.बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्‍त्री
५.उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्‍त्री
६.लक्ष्मण लाल कर्ण - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्‍त्री
७.चन्दा चौधरी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्‍त्री
८.एकबाल मियाँ- वन तथा वातावरण मन्‍त्री
९.चन्द्रकान्त चौधरी - उर्जा राज्य मन्‍त्री
१०.रेणुका गुरुङ - महिला राज्य मन्त्री

प्रतिक्रिया