विपक्षी गठबन्धनको रिटमा माधव पक्षका १८ सांसदले हस्ताक्षर गरे (नाम सहित)

राम्रो अनलाइन     ०९ जेठ २०७८, आइतबार
विपक्षी गठबन्धनको रिटमा माधव पक्षका १८ सांसदले हस्ताक्षर गरे (नाम सहित)

काठमाडौं : विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आउने क्रम सुरु भएको छ ।

नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेका अनुसार १८ जना सांसदहरु बानेश्वर आइपुगिसकेका छन् । बाँकी सांसदहरु आउने क्रम जारी रहेको उनले बताए ।

हस्ताक्षरका लागि बानेश्वर पुगेका माधव नेपाल पक्षका सांसदहरु :

१. जीवनराम श्रेष्ठ

२. कृष्णलाल महर्जन

३. विरोध खतिवडा

४. झपटबहादुर रावल

५. निरादेवी जैनु

६. सोमप्रसाद पाण्डे

७. सरलाकुमारी यादव

८. कल्याणी खड्का

९. लक्ष्मीकुमारी चौधरी

१०. माधवकुमार नेपाल

११. भीमबहादुर रावल

१२. कलिला खातुन

१३. घनश्याम भुसाल

१४. रामकुमारी झाँक्री

१५. सुरेन्द्र पाण्डे

१६. झलनाथ खनाल

१७. पुष्पाकुमारी कर्ण कायस्थ

१८. भवानीप्रसाद खापुङ

प्रतिक्रिया