विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

राम्रो अनलाइन     १८ असोज २०८१, शुक्रबार
विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

 

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। 

शुक्रबार बिहान एयरपोर्ट भएको उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु हो।  नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराए। 

उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताए। उनले यात्रुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वाससमेत व्यक्त गरे। विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका सङ्केत देखिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो।  मन्त्री पाण्डेले सरकारले हवाई उड्डयनको क्षेत्रमा धेरै काम गर्नुपर्ने पनि बताए। 

प्रतिक्रिया