टीआरसी विधेयकमा तीन दलबीच जुट्याे सहमति

राम्रो अनलाइन     १७ साउन २०८१, बिहिबार
टीआरसी विधेयकमा तीन दलबीच जुट्याे सहमति

 

काठमाडाैं – संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सहमति जुटेकाे छ।  बिहीबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा तीन दलबीच टीआरसीमा बाँकी भएका विषयमा सहमति जुटेकाे हाे।

कार्यदलमा नेकपा एमालेबाट महेश बर्तौला, नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा थिए।

कार्यदलले तयार पारेका प्रतिवेदन केहीदिनमा शीर्ष नेताहरूलाई बुझाइने माओवादी उपमहासचिव शर्माले बताए। 

प्रतिक्रिया