थापाको प्रदेशसभा सदस्य पद रिक्त

राम्रो अनलाइन     २० जेठ २०७८, बिहिबार
थापाको प्रदेशसभा सदस्य पद रिक्त

गण्डकी, २० जेठ : गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहेका कृष्ण थापाको पद रिक्त भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको पद नरहेको सूचना गराए ।

जनमोर्चा केन्द्रीय कार्यालय तथा राष्ट्रिय जनमोर्चा संसदीय दल गण्डकी प्रदेशको आजको पत्र अनुसार पार्टीका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थापालाई नेपालको संविधान, २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश प्रदेशसभा नियमावली,२०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराइएको हो ।

गण्डकीमा सरकार गठनमा निर्णायक जनमोर्चाले नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनको सरकार गठनमा पहल गर्ने निर्णय गरेकाका थापाले दलको निर्णय अनुसार हस्ताक्षर गर्न नमानेपछि पार्टी निर्णयविपरित कार्य गरेको भन्दै उनलाई दलका तर्फबाट कारबाही गरिएको हो ।

यसैबीच सदस्य थापाले पार्टीले सांसद पदबाट हटाएपछि आफू जनताको अभिमत विपरित जान नसकेको प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया