सर्लाही : सशस्त्र प्रहरीले सर्लाहीबाट २ नाल कटुवा पेस्तोल , सो को २ राउण्ड गोली र २ सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ सहित एक जनालाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरि बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नपा ६ खुटौना बाट भारत सितामढी जिल्ला बिसनपुर घर भएका बर्ष २२ को सकलदीप कुमारलार्इ पक्राउ गरिएको हो । भारतीय मोटरसाइकल सहित पक्राउ परेका उनलार्इ आवश्यक कारबाहीको लागि स्थानिय प्रहरि कार्यालयमा बुझाइएको छ ।