सशस्त्र प्रहरी प्रमुखमा राजु अर्याल नियुक्त

राम्रो अनलाइन     १८ वैशाख २०७९, आइतबार
सशस्त्र प्रहरी प्रमुखमा राजु अर्याल नियुक्त

 

काठमाडौं– सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकमा सशस्त्र प्रहरीको आईजीपी बढुवाबारे छलफल भएको थिएन ।

मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्राविधिक कारणले बैठकमा निर्णय भएको थिएन, साँझ मन्त्रालयमा बढुवा भएको चिठी आएको छ ।’ सशस्त्र प्रहरीको महानिरीक्षकका लागि अर्यालसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम प्रतिस्पर्धी थिए । तर सरकारले एक साताअघि नै अर्याललाई एआईजीमा बढुवा गरेर आईजीपीका लागि प्रतिस्पर्धा अन्त्य गरेको थियो ।

अर्यालले १८ चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षकका रुपमा सेवा थालेका थिए । सशस्त्र प्रहरी बल गठन हुँदा उनले १८ चैत २०५४ मा सेवा परिवर्तन गरेका थिए । आईजीपीमा नियुक्त अर्यालले चार वर्ष सशस्त्र प्रहरी बलको नेतृत्व गर्नेछन् । उनको अवकाशपछि पनि प्रतिस्पर्धी पौडेलले २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।

को हुन् अर्याल र ?

अर्याल २०५८ मा सालमै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए । २०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० भएका उनी २०७० सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवा भएका थिए ।

२०७५ सालमा उनलाई सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मा बढुवा गरेको थियो । उनले चार पटक संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा काम गरेका छन् । उनले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रबल जनसेवाश्री, गोरखा दक्षिण बाहु चौथो लगायत ८ वटा विभूषण, मानपदवी, पदक तथा अलंकार प्राप्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट ग्रामिण विकास, समाजशास्त्र, राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानूनमा गरी चार संकायमा उनले स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।

प्रतिक्रिया