सरकारको राहत कोषमा ५० लाख दिने एमालेकाे निर्णय

राम्रो अनलाइन     १५ असोज २०८१, मङ्गलबार
सरकारको राहत कोषमा ५० लाख दिने एमालेकाे निर्णय

 

काठमाडाैं – नेकपा (एमाले)को सचिवालय आजको बैठकले ५० लाख रूपैयाँ रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरेका छन्।

प्रतिक्रिया