सभामुखमा डीपी अर्याल निर्विराेध, एमालेले दिएन उम्मेदवारी

राम्रो अनलाइन     २० चैत २०८२, शुक्रबार
सभामुखमा डीपी अर्याल निर्विराेध, एमालेले दिएन उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध चयन भएका छन् । 

नेकपा एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विरोध चयन भएका हुन् । शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो । 

सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । त्यो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराएका प्रवक्ता गिरीले जानकारी दिए।

मनोनयन दर्तापछि अर्याललाई सभापति लामिछानेले अंकमाल गरेर बधाई दिएका थिए ।  २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो ।  उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

प्रतिक्रिया