सरकारबाट बाहिरियो नेकपा एमाले 

राम्रो अनलाइन     १५ फागुन २०७९, सोमबार
सरकारबाट बाहिरियो नेकपा एमाले 

काठमाडौँ–नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य  सचिवालय बैठकले गरेको पनि जानकारी दिए । 
 

प्रतिक्रिया