संविधानसभा सदस्य भण्डारीको निधन

राम्रो अनलाइन     १६ चैत २०७७, सोमबार

काठमाडौं । संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको सोमबार बहिान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भण्डारीको निधन भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय ७१ वर्षीया भण्डारी  २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । 

भण्डारीको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया