संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेका नियुक्तिको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले परिषदमै फिर्ता गरेका छन् । सिफारिस विवादास्पद भएको भन्दै आइबार फिर्ता गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ३० गते अध्यक्षसहित तीन सदस्यको मात्रै उपस्थितिमा परिषदको बैठक सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोहीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा नियुक्तिको सिफारिस परिषदले गरेको थियो ।
परिषद बैठकमा सभामुख सापकोटा र प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका थिए । तर परिषदले भने रिक्त रहेका संवैधानिक पदमा सिफारिस गरेको थियो ।