सिंहदरबारका पुनः निर्मित तीन मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेका छन् । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनः निर्माण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गरेका हुन्। उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।
सारिएको मन्त्रिपरिषद् कार्यालयबाटै प्रधानमन्त्री ओलीले आजै तीन वर्षे कार्यकालको उपलब्धि विवरण प्रस्तुत गर्ने बताइएको छ ।
