सहकारी ठगीमा रवि लामिछाने दाेषी रहेकाे छानबिन समितिकाे ठहर

राम्रो अनलाइन     ३१ भदौ २०८१, सोमबार
सहकारी ठगीमा रवि लामिछाने दाेषी रहेकाे छानबिन समितिकाे ठहर

 

काठमाडाैं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दाेषी रहेकाे ठहर गरेकाे छ।

गाेर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दाेषी ठहर गर्दै प्रतिवेदन तयार गरेकाे हाे। समितिले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको उक्त प्रतिवेदन साेमबार प्रतिनिधिसभाका सभामुखलाई बुझाउने तयारी गरेकाे छ।

समितिका एक सदस्यका अनुसार विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएकाे रकम खर्च गर्दा सभापति लामिछानेको हस्ताक्षर रहेकाले उनीलाई दाेषी ठहर गरिएकाे हाे। गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको पुष्टि भएको छानबिन समितिले जनाएकाे छ।

प्रतिक्रिया