शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

राम्रो अनलाइन     ०८ असोज २०८१, मङ्गलबार
शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

 

काठमाडाैं – श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन्। भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन्।

उनले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन्। समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो। यसअघि आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन।

समितिले प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो। 

प्रतिक्रिया