काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ।
म्याद थपको लागि उनहरूलाई बिहीबार बिहान जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो भने जोशीलाई गत असोज ७ गते पक्राउ गरेर पोखरा लागिएको थियो।
यसैगरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाईपनि म्यादथपका लागी उपस्थित गराइएको छ। जोशीलाई गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो। त्यस्तै जिल्ला अदालत कास्कीमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागू हुने गरी ६ दिनको लागि थप भएको म्याद आज सकिँदैछ।