रवि लामिछानेलाई पठाइयो थुनामा

राम्रो अनलाइन     २५ चैत २०८१, सोमबार

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाइएको छ ।  सोमबार जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई केही बेर अघि जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा पुर्‍याइएको छ । 

प्रतिक्रिया