रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

राम्रो अनलाइन     २७ मंसिर २०८१, बिहिबार
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

 

काठमाडाैं – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ।

अनुसन्धानका लागि पुनः म्याद थप्न उनलाई बिहीबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो। पछिल्लो पटक चार दिनको म्याद थपिएको थियो। उक्त म्याद आज सकिँदैछ। लामिछाने झण्डै दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन्।

रविलाई पर्सामा बयान गराएर हिजो हवाई मार्गबाट काठमाडौँ हुँदै पोखरा लगिएको थियो। सडकमार्गबाट वीरगञ्ज लगिएका जोशीलाई अस्ति फर्काएको हो।

प्रतिक्रिया