रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

राम्रो अनलाइन     ०४ कात्तिक २०८१, आइतबार
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

 

काठमाडाैं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

सहकारी ठगी तथा सङ्गठित अपराधमा शनिबार पक्राउ परेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको हो। शुक्रबार राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्याइएको थियो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो।

लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ। प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो।  

प्रतिक्रिया