रास्वपाले कीर्तिपुरको मेयरका लागि उम्मेदवारी नदिने

राम्रो अनलाइन     ०२ मंसिर २०८१, आइतबार
रास्वपाले कीर्तिपुरको मेयरका लागि उम्मेदवारी नदिने

 

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी नदिने भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी नदिने निर्णय भएकाे रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टले जानकारी दिए।

रास्वपाले यसअघि कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो। तर अन्तिम समय आएर उम्मेदवारी नदिने निर्णय गरेकाे हाे। कीर्तिपुरमा अन्य राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि सुरू भएको मनोनयन दर्ता बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया