राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राम्रो अनलाइन     २६ असोज २०८२, आइतबार
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिवार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको छ ।


राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया