वाग्मती, ६ जेठ : राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी भएका छन् ।
आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले) का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन् ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।