राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन ३१ भदौमा

राम्रो अनलाइन     २६ भदौ २०८१, बुधबार
राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन ३१ भदौमा

 

काठमाडौँ– राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ । 


राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले समितिको निर्वाचनका लागि बुधबार कार्यतालिका सार्वजनिक गरेका हुन् ।

कार्यतालिका अनुसार भदौ ३० गते आइतबार उम्मेदवारी दर्ता सोही दिन १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भदौ ३१ गते १ बजे  समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ 

प्रतिक्रिया