राप्रपाले थाल्यो उपनिर्वाचनको तयारी

राम्रो अनलाइन     १९ असार २०८२, बिहिबार
राप्रपाले थाल्यो उपनिर्वाचनको तयारी

काठमाडाैं – राप्रपाले रुपन्देहीको क्षेत्र–३ मा हुने उपनिर्वाचनका लागि आवश्यक तयारी थालेको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको आवश्यक प्रक्रिया र तयारी थालेकाे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

उक्त क्षेत्रमा उठ्नका लागि सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएको समेत उनले बताए।  त्यस्तै, बैठकले वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ। 

प्रतिक्रिया